arrow

लाख–लाखका तक्मा हत्याउन यस्तो काइदा : आफैले आफैलाई सिफारिस, आसेपासेलाई पनि

‘नेपाल रत्न बनाउनै १३ लाख’

logo
प्रकाशित २०७५ असोज ४ बिहिबार
padak.JPG

काठमाडौं । संविधा दिवसको अवसरमा मानपदवी, अलंकार र पदक पाउनेहरु अधिकांश पहुँचवाला अथवा सोर्सफोर्सकै व्यक्तिहरु छन् । 

संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएर विश्वकै उत्कृष्ठ संविधान बनेको रटान लगाइरहेको सरकारले तक्मा भने पञ्चायती र राणाकालीन शासनकै झल्को दिने गरी वितरण गरेको छ । 

संविधान दिवसको अवसरमा सरकारले बुधवार ५ सय १८ जनालाई राष्ट्रपतिमार्फत विभूषित गरेको हो । विभूषित हुनेमा दूरदराजमा रहेर राष्ट्रसेवा गरेकाको संख्या न्यून छ ।

मापदण्ड अपनाइएन । आसेपासेलाई खुशी पार्न र भजनमण्डली बढाउन तक्मा वितरण गरिएको भनि टिप्पणी सुरु भएको छ । यसअघि पनि तक्मा वितरणको आलोचना भएको थियो । काइदा केसम्म अपनाए भने, राज्यलाई महत्वपूर्ण योगदान दिने व्यक्तिहरुलाई दिइने विभूषण सिफारिस समितिका सदस्यले आफैले आफैलाई सिफारिस गरे । 

समितिका सदस्यद्वय प्राध्यापक डाक्टर मीना वैद्य मल्ल र इन्जिनियर कासेन्द्रप्रसाद यादवले आफैलाई सिफारिस गरेका हुन् । ति दुई सदस्यले आफैँलाई सुप्रवल जनसेवाश्री (तृतीय श्रेणी) मानपदवीका लागि सिफारिस गरेका हुन् । 

मल्ल त्रिभुवन विश्वविद्यालयकी प्राध्यापक हुन् भने यादव नेपाल विद्युत प्राधिकरणका पूर्वकर्मचारी हुन् । शिक्षा मन्त्रालयले वैद्यको नाम सिफारिस गरेको थिएन भने, यादवले ३० वर्ष देशका लागि सेवा गरेपनि विगतमा कुनै पनि सम्मान नपाएको भन्दै आफैलाई सिफारिस गरे । 
 

विभुषण ऐन २०६४ मा राष्ट्रिय जीवनका विभिन्न क्षेत्रमा विशिष्ट योगदान पुर्याउने व्यक्तिलाई मुुलुकका तर्फबाट कदर तथा सम्मान स्वरुप मानपदवी, अलंकार एवं पदक दिने प्रावधान छ । तर, यो पल्ट पनि त्यसको उल्लंघन भयो । त्यो पनि पञ्चायती शैलीमा । 

सरकारले यो पल्ट मानपदवी ३४४ जनालाई तथा अलंकार र पदक १ सय ७४ जनालाई वितरण गरेको छ । गृह मन्त्रालयको विभूषण शाखाका अनुसार तक्मा वितरणमा मात्रै वार्षिक ८ करोड रुपैयाँ खर्च हुदै आएको छ । 

पदक बनाउनै खर्चिलो छ । नेपाल रत्न बनाउन १३ लाख पर्छ । यसमा हिरा, सुन र मिना जडित हुन्छ । यो आठ कोणको मणिबाट बनेको हुन्छ । यसको व्यास ८.५ सेन्टिमिटर हुने बताइन्छ । यसको अग्रभागको प्रत्येक कोणमा पाँच पाँच वटा हिरा हुन्छन् ।

यस्तै तक्माहरु राष्ट्रगौरव, राष्ट्रदीप, प्रवल र सुप्रवल जनसेवा श्री समेत सुन, हीरा, मुगा जडित ४ देखि १० लाख सम्ममा बन्ने गर्दछन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ