arrow

कंगोमा डुङ्गा डुब्दा २७ जनाको मृत्यु

logo
प्रकाशित २०७५ असोज ४ बिहिबार
congo.png

काठमाडौं । उत्तर कंगोको मंगला नदीमा एक डुङ्गा डुब्दा कम्तीमा २७ जनाको ज्यान गएको छ । कंगो नदीको सहायक नदीमा सोमबार राती सो डुङ्गा डुबेको बताइएको छ । 

डुङ्गामा ६० जना मानिसहरु रहेकोमा २७ जनाको शव निकालिएको बताइएको छ । अधिकारीहरुले अहिले सो नदीमा उद्धारको काम जारी रहेको बताएका छन् । 

सो डुङ्गामा धेरैजसो व्यापारी तथा विद्यार्थीहरु रहेका थिए । ३० जना मानिसहरु यो घटनामा बाँच्न सफल भएका भए पनि मौसमको खराबीको कारण उद्धारमा कठिनाइ भइरहेको बताइएको छ । 

अधिकारीहरुले क्षमताभन्दा धेरै यात्रुहरु राखेको र अँध्यारो समयमा डुङ्गा चलाएको कारण यस्तो परिणाम भोग्नुपरेको बताएका छन् । कंगोको राजधानी सहरभन्दा करिब १५०० किलोमिटर टाढा यो घटना भएको हो । 

डुङ्गाका मालिक भने फरार भएका छन् र उनको खोजी कार्य जारी रहेको बताइएको छ । (एजेन्सी)



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ