arrow

शान्तिवार्ताका लागि मोदीलाई पाकिस्तानी प्रधानमन्त्रीको चिठी 

राष्ट्रसंघको बैठकमा हुनसक्छ "साइड मिटिङ्ग"

logo
प्रकाशित २०७५ असोज ४ बिहिबार
imran-modi.jpg

काठमाडौं । पाकिस्तानी प्रधानमन्त्री इमरान खानले पुनः शान्ति वार्ता सुरु गर्नका लागि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई चिठी लेखेका छन् । उनले दुवै मुलुकका विदेशमन्त्रीबीचको वार्ताको लागि प्रस्ताव गरेका हुन् । 

आगामी महिना न्युयोर्कमा हुन गइरहेको युनाइटेड जनरल एसेम्ब्ली (यूएलजीए)को बैठकभन्दा अगाडि नै यो बैठकका लागि पाकिस्तानी प्रधानमन्त्रीले आग्रह गरेका हुन् । 

खानले भारतीय प्रधानमन्त्रीलाई पठाएको पत्रमा दुई मुलुकको बीचमा फलदायक र रचनात्मक सम्बन्धको संकेत दिइएको छ । इमरान खानले निर्वाचनमा जित हासिल गरेसँगै भारतले सम्बन्ध सुधारको लागि भारतले एक कदम बढाउँदा आफूले २ कदम बढाउने बताएका थिए । 

यसअघि न्युयोर्कमा हुने सो बैठकमा दुई मुलुकका विदेशमन्त्रीहरुको बीचमा वार्ता हुने वा नहुने भन्ने विषयमा अन्योल रहेकोमा पाकिस्तानको तर्फबाट यस किसिमको पहल भएको हो । 

सन् २०१५ मा पाकिस्तान र भारतको बीचमा व्यापक द्विपक्षीय वार्ता सुरु भएको थियो तर पठानकोटमा भएको आतंकवादी आक्रमणपछि भने यो प्रक्रिया रोकिएको थियो । 

दुई मुलुकको बीचमा अन्तिम वार्ता २०१५ को डिसेम्बर महिनामा भएको थियो । उनीहरुको बीचमा शान्ति सुरक्षा, जम्मू–कश्मिर, सियाचिन, मानिस–मानिसबीचको आदाप्रदान, धार्मिक पर्यटनलगायतका विषयहरुमा वार्ता हुन बाँकी रहेको अवस्थामा वार्ता रोकिएको थियो । (एजेन्सी)



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ