arrow

यो कस्तो अपराध ? तेजाब खन्याएर ६ महिने बालकको हत्या

logo
प्रकाशित २०७५ असोज ४ बिहिबार
tejab.jpg

अछाम । अछामको तुर्माखाँद गाउँपालिका–४ मा ६ महिने बालकको तेजाब खन्याएर हत्या गरिएको छ । स्थानीय गङ्गा बयक र महाबीर बयकका नाबालक मुस्कानलाई उनकै काकी जानकी बयकले हत्या गरेको आरोप लगाइएको छ । 

यही असोज २ गते बिहान ११ बजेतिर मृतककी आमा भैँसीलाई पानी खुवाउन गएको र फर्किदा बच्चा बेस्सरी कराएको सुनी हेर्दा उनको आँखा, कान, मुख सबैतिर फोका आएकाले तत्काल स्वास्थ्यचौकी र सोही दिन जिल्ला अस्पताल मङ्गलसेन पुर्याइएको थियो । 

मङ्गलसेनमा उपचार सम्भव नभएपछि कोहलपुर मेडिकल कलेज लैजाँदै गर्दा बुधबार बालकको बर्दिया राष्ट्रिय निकुञ्जमा मृत्यु भएको अछाम प्रहरीले जनाएको छ । 

मृतक बालकका बुबा महावीरले आफ्नै भाइबुहारी जानकी बिरुद्ध तेजाब खन्याई कर्तव्य ज्यान गरेको भनी जिल्ला प्रहरी कार्यालयमा किटानी जाहेरी दिएपछि निजलाई नियन्त्रणमा लिएर हिरासतमा राखिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

आरोपित महिलाले सो कसुर स्वीकार गरिसकेकी र यसबारे थप अनुसन्धान भइरहेको प्रहरी प्रमुख जनकबहादुर शाहीले बताए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ