arrow

फेरि राजनीतिमा आउलान् सरिफ ? 

logo
प्रकाशित २०७५ असोज ४ बिहिबार
nawaz_sarif.jpg

काठमाडौं । आयभन्दा बढी सम्पत्ति रहेको आरोपमा जेल सजाय पाएका पाकिस्तानी पूर्वप्रधानमन्त्री नवाज सरिफलाई केही राहत मिलेको छ । बुधबार सरिफ र उनकी छोरीको सजाय स्थगित गरिएको हो । यससँगै सरिफ जेलमुक्त भएका छन् । 

यससँगै सरिफ पुनः राजनीतिमा आउलान् ? भन्ने विषयमा बहस सुरु भएको छ । अहिले उनको सजाय स्थगित मात्र भएको हो । पूर्णरुपमा सफाइ पाउनका लागि उनले अझै पनि कानुनी लडाइँ लड्न बाँकी छ । इस्लामाबादको उच्च अदालतले उनीमाथिको आरोपको प्रमाण नपुगेको भन्दै राहत दिएको हो । 

जेलबाट रिहा भए तर चुनाव लड्न पाउँदैनन् 

भ्रष्टाचारको मुद्दामा १० वर्षको जेल सजाय तोकिएका सरिफलाई निर्वाचनमा उठ्न पनि प्रतिबन्ध लगाइएको थियो । उक्त प्रतिबन्धको आधारमा उनी १० वर्षसम्म निर्वाचनमा उठ्न पाउँदैनन् । यद्यपि अहिले धरौटीमा रिहा भएसँगै आगामी दिनमा उनले उक्त प्रतिबन्धलाई पनि पुनरावेदन गरी राजनीतिक जीवन सुरु गर्ने प्रयास गर्नसक्ने बताइएको छ । यो बाटो उनको लागि त्यति सजिलो भने छैन । कानुनी झमेलाका साथै पार्टी संगठनको विषयलाई लिएर पनि उनको अगाडि धेरै चुनौतीहरु रहेका छन् । 

तीनपटक बने प्रधानमन्त्री, कार्यकाल पूरा गर्न सकेनन् 

नवाज सरिफ ३ पटक पाकिस्तानको प्रधानमन्त्री बने तर उनले आफ्नो पाँच वर्षको कार्यकाल भने कुनै पटक पनि पूरा गर्न सकेनन् । उनी सन् १९९० देखि १९९३ सम्म पहिलोपटक, १९९७ देखि १९९९ सम्म दोस्रोपटक र सन् २०१३ देखि २०१७ सम्म गरी तीनपटक पाकिस्तानको प्रधानमन्त्री भए । 

पहिलो र दोस्रोपटक प्रधानमन्त्री हुँदा सैनाको कब्जाको कारण सत्ताबाट बाहिरिएका सरिफको तेस्रो कार्यकाल सकिनै लाग्दा भ्रष्टाचारको मुद्दाको कारण कार्यकाल पूरा हुन पाएको थिएन । यद्यपि उनले जेलबाट रिहा भएसँगै आगामी दिनमा आफूलाई निर्दोष साबित गरेर देखाउने बताएका छन् । (एजेन्सी)



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ