arrow

निर्मला हत्याका अपराधी पत्तो नलाग्नु दुःखद् : महतो

समर्थनको सदुपयोग भएन

logo
प्रकाशित २०७५ असोज ४ बिहिबार
rajendra-mahato-new-aa.jpeg

कैलाली । राष्ट्रिय जनता पार्टीका नेता राजेन्द्र महतोले दुई तिहाइ बहुमतको सरकारलाई दिएको समर्थनको दुरुपयोग भएको आरोप लगाएका छन् ।

बिहिबार धनगढीमा आयोजित पत्रकार भेटघाटका क्रममा नेता महतोले संविधान संशोधन, बन्दी रिहाइ, राजनीतिक मुद्दा फिर्ता गर्नेलगायतका विषयका माग सम्बोधन गर्ने शर्तमा सरकारलाई समर्थन गरेको तर अहिलेसम्म कुनै ठोस काम हुन नसकेको बताए  ।

कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कार र हत्याका काण्ड भएको दुई महिना बितिसक्दा पनि अपराधी अहिलेसम्म नसमातिनु दुःखद् भएको नेता महतोले बताए ।

पत्रकार भेटघाट कार्यक्रममा राजपा अध्यक्ष मण्डलका सदस्य अनिल झाले टीकापुर घटना आपराधिक घटना नभएर राजनीतिक मुद्दा भएकाले राज्यले छिटोभन्दा छिटो सम्बोधन गर्नुपर्ने धारणा राखे। रासस

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ