arrow

बेलायतमा ठुलो आँधी आउने संकेत

logo
प्रकाशित २०७५ असोज ४ बिहिबार
england9.jpg

काठमाडौं । बेलायतमा ठुलो सामुद्रिक आँधी आउनसक्ने पूर्वानुमान गरिएको छ । यो आँधीको कारण इंगल्याण्डको धेरैजसो भागको यातायात सेवा अवरुद्ध हुनसक्ने बताइएको छ । इंगल्याण्डको मौसम पूर्वानुमान विभागले सचेत रहनका लागि सुझाव दिएको छ । 

बुधबार पनि इंगल्याण्डको केही भागमा ठुलो आँधी आएको थियो । स्टर्म अलिआँधीको कारण बुधबार बेलुका कम्ब्रिया क्षेत्रका २४ हजार घरहरुमा विद्युत् सेवा अवरुद्ध हुन पुगेको हो । बुधबार पेन्रिथमा आएको आँधीको कारण केही रेलसेवा तथा विद्युत् आपूर्ति बन्द भएको हो । विहीबार पनि इंगल्याण्डको धेरै भागहरुमा आँधी आउनसक्ने चेतावनी दिइएको छ । 

वेल्स तथा उत्तरपश्चिम इंगल्याण्डमा भारी वर्षा पनि हुनसक्ने बताइएको छ । बुधबारको आँधीको कारण अत्यधिक प्रभावित बनेका सिलोथ र पेनु्रडकलगायतका क्षेत्रमा राहत पुर्‍याइएको छ । अधिकारीहरुले खराब मौसम भए पनि अधिकांश प्रभावित क्षेत्रमा विद्युत् पठाइसकिएको बताएका छन् । (एजेन्सी)



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ