arrow

निर्मलाको हत्यारा लुकाउने दाउमा सरकार रहेको भन्दै बागलुङका युवा अनशनमा

निर्मला र संगिनको न्यायको निम्ती २४ घण्टे अनशन

logo
नारायण रिजाल,
प्रकाशित २०७५ असोज ४ बिहिबार
nirmals.jpg

बागलुङ ।  कञ्चनपुरकी बालिका निर्मला पन्त र बागलुङ ढोरपाटन नगरपालिका–१ बुर्तिबाङका किशोर संगिन जिसीको न्यायको निम्ती बागलुङका युवाहरु २४ घण्टे अनसन बसेका छन् । हत्यारा र बलत्कारीलाई कारबाहीको माग गदै सत्य र अहिंसाको लागी २४ घण्टे अनसन बसेका हुन ।

बलात्कारपछि हत्या गरिएकी कञ्चनपुर उल्टाखामकी १३ बर्षिय किशोरी निर्मलाको शव साउन ११ गते गाउँ नजिकै उखुबारीको आहालमा घोप्टो परेको अवस्थामा फेला परेको थियो । दोषीलाई जोगाउन प्रहरीले नै प्रमाण नष्ट गरेको आरोप लागिरहेका बेला खबरदारी गर्नका लागी यो अनसन थालिएको अनशनरत युवा बालकृष्ण शर्मा बताए । त्यस्तै बागलुङ बुर्तिबाङका २२ बर्षिय किशोर संगिन जिसी गत भदौ १० गते देखी वेपत्ता भएका भदौ १७ गते काठमाडौंको बौद्धको जंगलमा हत्यागरी फालिएको अवस्थामा शव फेला परेको थियो ।

उनीहरुको हत्या भएको महिनौँ बिति सक्दा पनि सरकारले अहिलेसम्म हत्यारा पत्ता लगाउन नसकेको र हत्यारा लुकाउने दाउमा रहेको भन्दै अनसन बसेका छन् । अनशनरत युवाहरुले सरकारले हत्यारालाई पत्ता लगाई कारबाही गर्न अझै ढिला सुस्ती गरे आन्दोलनका साथ सडकमा उत्रिने चेतवनी समेत दिएका छन् ।

सरकारको लाचारीपन देखाएकाले सबैले आ–आफ्नो ठाउँबाट खबरदारी गर्नका लागी यो अभियान अनशनरत युवाहरुले बताएका छन । शर्मा सहित धौलागिरी बहुमुखी क्याम्पसका स्ववियु सभापति मनिष थापा, युवाविद्यार्थी दिनेश पन्त विष्णुराज पौडेल, श्रीकृष्ण पौडेल मनोज सापकोटा लगायत १ दर्जन युवाहरु अनशनरत रहेक छन ।

बिहिबार बिहान साढे ११ बजेदेखि अनशन बसेको उनीहरु शुक्रबार बिहान साढे ११ बजेसम्म निरन्तर रहने उनीहरुको भनाइ छ । उनिहरुले सरकारले हत्याराको छानबिन र कारबाहीमा ढिला सुस्ती गरे आन्दोलनलाई तिव्रता दिने बताएका छन ।

 ‘हत्यारा पत्ता लगाउन सरकार आलटाल गरिरहेको छ, सहभागी युवा दिनेश पन्तले भने, ‘महिनौँ बितिसक्दा पनि सरकारले हत्यारा पत्ता लगाउन नसक्नु सरकारको अक्षम बन्दै जानु हो । ‘अहिले स्वतस्फुर्त रुपमा आन्दोलनको सुरु गरेका छौँ, अझै सरकारले मृतक परिवारलाई न्याय दिन वेवास्था गरे थप आन्दोलनका अभियानलाई अगाडि बढाउने छौं । दुवैको अहिले सम्म प्रहरीले दोषिलाई पत्ता लगाउन सकेको छैन ।

उनीहरु निधारमा कालो पट्टी बाध्नुका साथै छातीमा हत्यारालाई कारबाही गर, सत्य र अहिंसाको पक्षमा हाम्रो आन्दोलन, शान्ती सुरक्षा कायम गर लगाएतका नारा लेखेर छातिमा टाँसेका छन ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ