arrow

को हुन् निर्विवाद अख्तियार प्रमुख अनुमोदन भएका घिमिरे? 

‘आक्रामक हुँदैनन्, गल्ती गर्नेलाई देख्नै सक्दैनन् ’  

logo
प्रकाशित २०७५ असोज ४ बिहिबार
Nabin_Ghimire_CIAA.jpg

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोग अदुअआको प्रमुख आयुक्तमा सर्वम्मत अनुमोदन भएका नवीन घिमिरे पूर्व नेपाल सरकारको निजामति सेवाबाट अवकाश भएका व्यक्ति हुन् । संवैधानिक परिषदको २०७१ फागुन १५ को निर्णयबाट आयुक्त सिफारिस भएका घिमिरे त्यही वर्ष चैतमा आयुक्त नियुक्त भए । 

२०१२ भदौं २९ बुधबार जन्मिएका घिमिरे अहिले काठमाडौको सिफलमा बस्दै आएका छन् । त्रिभुवन विश्वविद्यालयबाट उनले सार्वजनिक प्रशासनमा स्नातकोत्तर गरेका छन् । उनको व्यवसायिक क्षेत्र नै जन प्रशासन, विकास र सुरक्षा प्रबन्ध हो । उनी दूई पटक सिडिओ भएर काम गरे । उदयपुर र पर्सामा उनले स्थानीय प्रशासन चलाए । उनी स्थानीय विकास अधिकारी पनि भएका छन् । थुप्रै विभागमा निर्देशक, महानिर्देशक र थुप्रैमन्त्रालयमा सहसचिव हुँदै सचिवको रुपमा समेत काम गरे । घिमिरे पूर्वगृह सचिव पनि हुन् । 

सेवानिवृत्त हुनु अघि उनले विन्दा भिन्दै १७ सरकारी निकायमा काम गरे । देश विदेशमा गरी २२ वटा भन्दा बढि तालिम तथा सेमिनारमा सहभागि भएका छन्, उनी । सेवा निवृत्त हुनुअघि सन् २०१३ भित्रै उनले उनले होण्डुरस, फिनल्याण्ड, पिलिपिन्स, बेलायत, जर्मनी, जापान, फ्रान्स, स्विट्जरल्याण्ड, अष्ट्रेलिया, मेलेसिया र थाइल्याण्ड भ्रमण पूरा गरे । उनले धेरै पटक नेपाल भारत गृहसचिवस्तरीय बैठकमा सहभागि भएका छन् भने, विदेशमा भएका थुप्रै सम्मेलनमा भाग लिएका छन् । 
 

अख्तियारभित्र कसरी चिनिन्छिन् घिमिरे ? 
अख्तियारका आयुक्त र अन्य विभागीय कर्मचारीहरुले घिमिरे निकै अनुभवि व्यक्तिको रुपमा चिन्छन् । आयोगमा आएदेखि अहिलेसम्म विवादमा आएका छैनन् । चार आयुक्तको नियुक्तिको सन्दर्भमा परेको मुद्दामा पनि उनले सफाई पाए । उनीसहित पूर्व प्रमुख आयुक्त दीप बस्न्यातले पनि सफाई पाए । 

उनको एउटा गज्जबको बानी छ, आक्रामक नहुने । अख्तियारमा आक्रामक मान्छे चाहियो भनिन्छ । तर, उनलाई चिन्ने आयुक्त तथा कर्मचारीहरु घिमिरे व्यक्ति प्रधानतालई महत्व दिँदैनन् । संस्थाको उपस्थिति चाहन्छन् । विधि प्रक्रिया र निमानुसार काम गर्ने बानी छ । विगतमा अख्तियारले लगाएका अधिकांश मुद्दामा ठूल–ठूलो काण्डमा मुछिएकाहरुले पनि सफाइ पाएपछि अख्तियारको निकै आलोचना भएको थियो । तर, घिमिरे त्यति हतार गर्दैनन् । परिणाम आउने गरी काम गर्छन् । आग्रह पूर्वाह राख्दैनन् । कसैलाई दुःख दिने मनसाय राख्दैनन् । गल्ती गर्नेलाई देख्नै सक्दैनन् । अनुसन्धान र परिचालनमा निकै तगडा । संवैधानिक निकाय र पदीय मर्यादाको ख्याल राखेर तथ्य र प्रमाणका आधारमा कदम चाल्दछन् । 

तर, अख्तियारले गरेका धेरै अनुसन्धानलाई अदालतले नै चुनौती दियो नि ? जवाफमा एक कर्मचारीले भने, ‘शतप्रतिशत पूर्वाग्रह हुँदैन । तर, अभियोजन लगाउने र न्याय निरुपण गर्ने कुरा फरक कुरा हो । अख्तियारले गरेको सबै कुरा न्याय निरुपण गर्ने निकायले सदर गर्छ भन्ने हुँदैन । तर, हामीले धेरै आधार प्रमाणहरु भेट्टाएपछि मात्रै मुद्दा दायर गर्ने हो ।’ जस्तो बाहिर सोचिन्छ त्यति धेरै कमजोर हुँदैन । घिमिरेको कार्यकालमा परिणाममुखि काम हुनेमा आफुहरु विश्वस्त रहेको बताउँछन् उनी ।  

घिमिरेको सेवा अवधि २०७७ चैतसम्म हुनेछ । आयोग ऐन अनुसार ६५ वर्ष उमेर तथा  ६ वर्षे कार्यकालमा जो अगाडि आउँछ, त्यही अनुसार अवकाश पाउने व्यवस्था छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ