arrow

छलफल नै नगरी ल्याएको कानुनले मुलुकमा समस्या सिर्जना गरेको छ : महन्थ ठाकुर

बैशाखमा राजपाको केन्द्रिय महाधिवेश

logo
बिजय चौहान,
प्रकाशित २०७५ असोज ४ बिहिबार
Mahantha_thakur.jpg

वीरगन्ज।  राजपा अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुरले संसदमा अवश्यक छलफल र राजनीतिक दलहरुसंग परार्मश नै गरी सरकारले कानुन ल्याइएको कारण मुलुक भरी विरोधहरु देखा परेको बताएका छन् ।

 राजपा पर्साले बिहिबार वीरगन्जमा आयोजना गरेको पत्रकार सम्मेलनलाई सम्बोधन गदै संयोजक ठाकुरले संसदबाट निर्माण भएका कानुनलाई छलफल नै  नगरेको कारण डाक्टर, पत्रकार, चालक लगायत पेशाकर्मीहरु आन्दोलनमा उत्रीएको बताए ।
 
उनले पास भएका कानुनमा त्रृटी भएको सरकार समेतले स्वीकार गरेकाले त्यसलाई सच्चयाउनुको विकल्प नभएको र अब भन्ने कानुको  विषयमा व्यापक छलफल गरी मात्र निर्माण गर्न सरकारलाई सुझाव दिए ।
 
पत्रकार सम्मेलनाई सम्बोधन गर्दै संयोजक ठाकुरले राजपासंग सरकारहरुले गरेको सहमति कार्यन्वयन नगरेको कारण मुलुकमा फेरी आन्दोलनको वातारण वन्दै गएको धारणा व्यक्त गरे। उनले संविधानमा रहेका असन्तुष्टिलाई सम्बोधन नगरेसम्म अधिकारीलाई संर्घषहरु भई रहने भएकाले राजपासंग भएका सम्झौलाई कार्यन्यन गर्न सरकारलाई आग्रह गरे।
 
राजपाका  केन्द्रिय सदस्य एवम् प्रदेश नं. २का प्रदेश सदस्य रमेश प्रसाद कुर्मीको अध्यक्षतामा सम्पन्न भएको पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै संयोजक ठाकुरले आउने बैशाख७,८ र ९ गते राजपाको केन्द्रिय महाधिवेश गर्ने जानकारी दिए । उनले महाधिवेशलाई समयमा पुरा गर्न गाँउ देखि प्रदेश अधिवेशनलाई तोकिएको समयभित्र सम्पन्न गर्न पार्टीका सबै तह र ओहदाका पदाधिकारीहरुलाई निर्देशन दिइएको बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ