पाल्पा ।कालीगण्डकी नदिमा एक महिलाको शव फेला परेको छ । तानसेन नगरपालिका १३ छेलुङ्ग नजिकैको कालीगण्डकी नदिको किनारमा शव भेटिएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।
बुधबार नदिको किनारमा तैरिरहेको अवस्थामा महिलाको शव फेला परेको हो । अन्दाजी ३२ वर्ष की महिलाको नाम ठेगाना भने खुल्न नसकेको प्रहरीले जनाएको छ ।
प्रहरीले महिलाको शवलाई जिल्ला अस्पतालको शव गृहमा आइस नभएका कारण लुम्बिनी मेडिकल कलेलमा पठाईको जिल्ला प्रहरी कार्यालय पाल्पाका सुचना अधिकृत विनोद घिमिरेले जानकारी दिए ।