arrow

राष्ट्रपतिको सपथ संवैधानिकै, रिट खारेज

logo
प्रकाशित २०७५ असोज ५ शुक्रबार
vidya-devi-bhandari-president-nepal.jpg

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले लिएको सपथ असंवैधानिक भन्दै परेको रिटमाथि सुनुवाई गर्दै सर्वोच्च अदालतले सो रिट खारेज गरेको छ । सर्वोच्चकी न्यायाधीश सपना प्रधान मल्लको एकल इजलासले बिहीबार सो रिट खारेज गरेको हो ।

न्याय परिषद्को सचिवस्तरीय वैठकबाट वर्खास्ती गरिएका तत्कालीन प्रधानन्यायाधीश गोपाल पराजुलीबाट लिएको सपथ अबैधानिक भन्दै अधिवक्ता हेममणि सुवेदीले सर्वोच्चमा रिट दायर गराएका थिए । 

अधिवक्ता सुवेदीले राष्ट्रपति कार्यालय, प्रधानमन्त्री तथा मन्त्री परिषद् कार्यालय, सभामुखको कार्यालय, राष्ट्रियसभाको कार्यालय, पूर्व प्रधानन्यायाधीश गोपाल पराजुलीलाई विपक्षी बनाई निवेदन दर्ता गराएका थिए । 

२०७४ साउन २१ मै अवकाश प्राप्त अधिकार नै नभएको व्यक्तिले सपथ गराएको विषयले नागरिकहरूको शीर निहुरिने अवस्था आएको भन्दै संविधान विपरीत कार्यबाट राष्ट्रपतिको नियुक्ति र सपथ हुन नसक्ने हुँदा ०७४ फागुन ३० मा राष्ट्रपतिले बहालवाला प्रधानन्यायाधीशबाट सपथ नलिई पदावधि समाप्त भइसकेको पूर्व प्रधानन्यायाधीशबाट लिएको सपथ संविधान विपरीत भएको अधिबक्ता सुवेदीको निवेदनमा उल्लेख छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ