arrow

अदालतबाटै विवाह, जुन जिल्ला अदालतको इतिहासमै बन्यो पहिलो

logo
रामचन्द्र रायमाझी
प्रकाशित २०७५ असोज ५ शुक्रबार
Adalat_Bibah_photo.jpg

पाल्पा । नयाँ मुलकी देवानी संहिता ऐन लागु भएपछि जिल्ला अदालत पाल्पामा पहिलो अदालती विवाह भएको छ । मुलुकी संहिता २०७४ को दफा ७७ बमोजिम जिल्ला अदालत पाल्पाबाट पहिलो विवाह भएको हो । 

तानसेन नगरपालिका वडा  ६ बस्ने ३४ बर्षिय सरोजराज शाक्य र काठमाडौं महानगरपालिका वडा ३ बस्ने २८ बर्षिया उप्पलवणा शाक्य बीच जिल्ला अदालत पाल्पामा विवाह भएको छ ।  

जिल्ला अदालत पाल्पाका जिल्ला न्यायाधीश शंकरराज बरालको रोहवरमा बेहुला पक्ष र बेहुली पक्षको सहमतिमा नयाँ मुलुकी संहित २०७४ दफा ७७ अनुसार अदालती विवाह भएको हो । 

जिल्ला अदालत पाल्पाले श्रेस्तेदार सुवर्णप्रसाद खनालको हस्ताक्षरमा मुलुकी संहिता २०७४ को दफा ८० को उपधारा २ बमोजिम दुुवै बीच विवाह दर्ता प्रमाणपत्र प्रदान गरेको छ । 

यसअघि यस्तो किसिमको विवाह जिल्ला प्रशासन कार्यालयबाट हुँदै आएको काम नयाँ संहिता लागु भएसँगै जिम्मेवारी अदालतमा गएको हो । 

नयाँ संहिता जारी भएपछि जिल्ला अदालत पाल्पाबाट भएको यो पहिलो विवाह भएको श्रेस्तेदार खनालले बताए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ