arrow

बीआरआईको विरोध गर्नेहरु कहिल्यै सफल हुँदैनन् : सि चिनफिङ

logo
प्रकाशित २०७५ असोज ५ शुक्रबार
xi-marx.jpg

काठमाडौं । चिनियाँ राष्ट्रपति सि चिनफिङले बेल्ट एण्ड रोड इनिसिएटिभ (बीआरआई) वा चीन–पाकिस्तान आर्थिक कोरिडोर (सीपीईसी) को विरोध गर्नेहरु कहिल्यै पनि सफल हुन नसक्ने बताएका छन् । पाकिस्तानी सेना प्रमुखसँगको भेटको क्रममा चिनियाँ राष्ट्रपतिले यस्तो बताएका हुन् । 

आगामी नोभेम्बर महिनामा पाकिस्तानी प्रधानमन्त्री इमरान खानको चीन भ्रमण हुन गइरहेको अवस्थामा त्यसको तयारीका लागि सेनाका प्रमुख जेन क्वामर बज्वाले चीनको भ्रमण गरेका हुन् । 

बुधबार भएको भेटको क्रममा चिनियाँ राष्ट्रपति सिले पाकिस्तान र चीन निकै नजिकको मित्रराष्ट्रहरु रहेको बताए । दुवै मुलुकका सेनाले चीन–पाकिस्तान आर्थिक कोरिडोरको सुरक्षा गर्नुपर्ने बताएका थिए । पाकिस्तानी सेनाले सार्वजनिक गरेको विज्ञप्तिमा भ्रमणको क्रममा सिले चीनको बीआरआई र सीपीईसीको विरोध गर्नेहरु कहिल्यै पनि सफल नहुने बताएको उल्लेख गरिएको छ । 

दुई मुलुकको बीचमा सैन्य सहकार्य विस्तार गर्ने विषयमा पनि सो भेटमा कुरा भएको बताइएको छ । विश्लेषकहरुले भने चीनको यस किसिमको भनाइ भारतलक्षित रहेको बताएका छन् । भारतले लगाताररुपमा सीपीईसी र बीआरआईको विषयमा असहमति जनाउँदै आएकोमा चीनको तर्फबाट यस्तो भनाइ आएको हो । 

भारतले सीपीईसीले भारतको सार्वभौमिकतामाथि प्रहार हुने बताउँदै आएको छ तर चीनले भने यो समस्या भारत र पाकिस्ताको रहेकोले उनीहरुले सल्टाउनपर्ने बताउँदै आएको छ । (एजेन्सी)



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ