सिटी एक्सप्रेस मनी ट्रान्सफर र सिगे मनी ट्रान्सफर युएसएबीच सम्झौतासंगै सेवा शुरू
प्रकाशित २०७५ असोज ५ शुक्रबार
582
Shares
काठमाडौं । अमेरिकाको १५,००० भन्दा बढी एजेन्ट (आउटलेट) र विश्वभर १३० भन्दा बढी देशहरुमा आफ्नै छुट्टै सञ्जाल भएको सिगे मनी ट्रान्सफर र सिटी एक्सप्रेस मनी ट्रान्सफरबीच रेमिटान्स सेवा सुरु भएको छ ।
यो सेवा सुरु भएपछि अमेरिकामा रहेका कुनैपनि नेपालीहरुले जुनसुकै राज्यबाट सिगे मनी ट्रान्सफर मार्फत नेपालको कुनैपनि बैंक खातामा रकम जम्मा गर्न वा नगद रकम पठाउन सकिने जानकारी सिगे मनी ट्रान्सफरका चिफ अपरेटिङ्ग अफिसर जोसेफ क्याचेले दिएका छन् ।
यो सम्झौतामा सिटी एक्सप्रेसको तर्फबाट सिटी एक्सप्रेसका प्रबन्ध निर्देशक चन्द्र टण्डनले र सिगे मनी ट्रान्सफरबाट चिफ अपरेटिङ्ग अफिसर जोसेफ क्याचेले हस्ताक्षर गरेका थिए ।
सगेका चिफ अपरेटिङ्ग अफिसर जोसेफ क्याचेले सिटी एक्सप्रेससँग रेमिटान्स सम्झौता भएकोमा खुशी ब्यक्त गर्दै आगामी दिनहरुमा पनि सिटी एक्सप्रेससँग नयाँ प्रविधि मार्फत सहकार्य गर्दै जाने बताए ।
सिटी एक्सप्रेसले रेमिटान्स क्षेत्रमा आफ्नो छट्टै पहिचान बनाउँदै बिगत १२ बर्षदेखि विदेशबाट पठाएको रकम आफ्ना ६००० भन्दा बढी नेपालका एजेन्टहरु मार्फत भुक्तानी प्रदान गर्दै आइरहेको छ ।