arrow

लालबाबुको लाल आतंक, कांग्रेस निकट कर्मचारीलाई खोजी खोजी सरुवा

logo
प्रकाशित २०७५ असोज ५ शुक्रबार
Lalbabu-Pandit.jpg.jpeg

काठमाडौ । दुई तिहाइ सरकारको आतकं निजामति कर्मचारी क्षेत्रमा सबै भन्दा बढी परेको छ,जसबाट कांग्रेस निकट कर्मचारीहरु एक पछि अर्को गर्दै पिडित हुन थालेका छन् ।

कांग्रेस निकट नेपाल निजामति कर्मचारी युनियन (संघ)का उपसचिव शोभाकर पराजुलीलाई प्रदेश २ मा सरुवा गरिएको छ । यसअघि उनी  प्रदेश १ को मोरङ जिल्ला विकास समन्वय समितिमा थिए । अब उनलाई सिराहा जिससमा सरुवा गरिएको छ ।

नेपाल निजामित कर्मचारी युनियन(संघ)बाट आधिकारिक ट्रेड युनियनको मुगु जिल्ला अध्यक्षमा निर्वाचित भएका तीर्थराज शाहीलाई जिल्ला सदरमुकामबाट दुइ दिन हिड्नु पर्ने मुगुको एक विकट स्थानीय तहमा सरुवा गरिएको छ । आधिकारिक ट्रेड युनियनको अध्यक्ष भएको हैसियतले कर्मचारीहरुको गुनासो सुन्न र ट्रेड युनियको अन्य काम गर्न उनलाई सदरमुकामै बस्नु पर्ने हुन्छ । तर मन्त्रालयले यो थाहाँ पाएरै उनलाई विकट ठाउँमा सरुवा गरेको हो ।
 
यसैगरी कांग्रेस निकट मानिएका गोदाबरी नगरपालिकाका प्रशासकीय अधिकृत विश्वराज मरासिनीलाई प्रशासकिय अधिकृतको जिम्मेवारीबाट पन्छाइ मन्त्रालयमा तानिएको छ । उनी उपसचिव सरहका कर्मचारी हुन । यसैगरी कांग्रेससँग निकट रहेका अन्य कर्मचारीहरुलाई पनि दुर्गम र अपायक ठाउँमा सरुवा गर्ने क्रम बढ्न थालेको छ ।

नेपाली निजामति कर्मचारी युनियन(संघ)का उपाध्यक्ष उत्तमकुमार कटुवालले राजनीतिक प्रतिशोधको कारण कांग्रेस निकट कर्मचारीलाई अपायक र दुर्गम ठाउँमा छानी छानी सरुवा गरिएको आरोप लगाए । उनले भने,‘राजनीतिक प्रतिशोध साँध्न सरकारले कांग्रेस  निकट कर्मचारीलाई अपायक ठाउमा सरुवा गर्न थाालेको छ ’ । सरुवाको लागि सामान्य प्रशासन मन्त्रालयले कुनै माफदण्ड नबनाइ सरुवा गर्न थालेको उनको भनाइ छ ।

मन्त्रालय स्रोतका अनुसार सामान्य मन्त्रालयले अहिले प्रदेश र स्थानीय तहमा पठाउँने सबै कर्मचारीलाई समायोजन ऐन २०७४को दफा ११ बमोजिम तत्कालकोलागि पठाइएको छ भनेर सरुवा गर्ने गरेको छ । सरकारले प्रदेश र स्थानीय तहमा स्थायी रुपमा कर्मचारीको समायोजन गर्न नसक्दा बिगत डेढ वर्षदेखि काजको भरमा प्रदेश र स्थानीय तहमा कर्मचारी पठाइरहेको छ । सामान्य प्रशासन मन्त्रालयले आगामि पुस महिनामा कर्मचारीको समायेजन गर्ने बताएको छ ।

काजको भरमा अहिले पठाइएका कर्मचारी पुसपछि अर्को ठाउँमा सरुवा हुने सम्भावना रहेको मन्त्रालयको भनाइ छ । त्यसैले अहिले सरुवा गरिएका कर्मचारी तीन महिनाकोलागि मात्र हुन ।

मन्त्रालय स्रोतका अनुसार नेपाल कम्युनिष्ट निकट कर्मचारीलाई छानी छानी सकेसम्म काठमाडौ,काठमाडौ नभए प्रदेश राजधानी र त्यो पनि नभए जिल्ला सदरुमकामका स्थानीय तहमा पठाउने गरिएको छ ।

कांग्रेस निकट कर्मचारीहरुलाई भने जिल्ला सदुरमुकामदेखि टाढा पर्ने स्थानीय तहमा पठाउने गरेको कांग्रेस निकट कर्मचारीहरु बताउछन । सामान्य प्रशासन मन्त्रालयमा अहिले सरुवाको सिजन शुरु भएको छ । आफूलाई पायक पर्ने ठाउमा सरुवा हुन चाहने कर्मचारीहरुको भिड मन्त्रालयमा दिनहुँजसो देखिन थालेको छ ।

आफू निकट कर्मचारीलाई पायक पर्ने र आकर्षक ठाउँमा सरुवा गर्न कम्युनिष्ट पार्टी निकट दुइ कर्मचारी संगठनका नेताहरु सक्रिय भएका छन् । सामान्य प्रशासन मन्त्री र मन्त्रालयका उच्च कर्मचारीहरुले पनि उनीहरुको मात्र कुरा सुन्ने गरेको एक पीडित कर्मचारी बताउछन । कर्मचारीको सरुवा गर्ने कर्मचारी प्रशासन शाखामा कम्युनिष्ट पार्टी निकट कर्मचारीलाई मात्र जिम्मेवारी दिइएको छ ।
 
प्रदेश र स्थानीय सरकार गठन भइसके पनि प्रदेश र स्थानीय सरकारमा कर्मचारीको सरूवा,बढुवा मनोनित गर्ने काम संघीय सरकारले गदै आएको छ । संघीय सरकारले प्राविधिक तहका कर्मचारीलाई मात्र, त्यो पनि करारमा भर्ना गर्न सक्ने छुट स्थानीय तहलाई दिएको छ ।

 स्थानीय तह र प्रदेशमा आफैं कर्मचारीको सरुवा बढुवा गर्न खोज्ने,त्यसमा पनि कुनै माफदण्ड र आधार समेत नबाइ मनोमानी ढङ्गबाट सरुवा बढुवा गर्ने संघीय सरकारको प्रवित्तिले कर्मचारीको व्यवस्थापन प्रक्रियामा जटिलता उत्पन्न भएको कर्मचारी नेताहरूको भनाइ छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ