arrow

‘पूर्वराजाबाट विदेशमा आन्तरिक रणनीतिबारे कुनै टिप्पणी भएको छैन’ –डा पाठक

logo
प्रकाशित २०७५ असोज ५ शुक्रबार
ganendra_ex-king.jpeg

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहबाट थाइल्याण्डको बैंककमा रहेका बेलामा भारतको आम निर्वाचनपछि आफू सत्तामा फर्कन्छु भन्नेजस्ता भनाइ नभएको स्पष्ट पारिएको छ । 

केही संचारमाध्यममा आएका यस्ता भनाइप्रति गम्भीर ध्यानाकर्षण भएको भन्दै पूर्वराजाका प्रेस सल्लाहकार डा फणिराज पाठकले पूर्वराजाबाट विदेशमा आन्तरिक रणनिितबारे कुनै टिप्पणी नभएको स्पष्ट पारे । 

उनले भने, ‘केही संचारमाध्यमले दावी गरेजस्तो पूर्व श्री ५ बाट आन्तरि राजनीति तथा परिस्थितिबारे कुनै टिप्पणी भएको छैन ।’

उनले अगाडि थपे, ‘विभिन्न अवसर र परिस्थितिमा मुलुकभित्र पूर्व राजाबाट आफ्नो सन्देश र अभिव्यक्ति आएको कुरा आम नेपालीमा जानकारी छ, हाल विदेश भ्रमणमा छँदा आएका भनिएका टिकाटिप्पणीमा कुनै सत्यता छैन ।’

हाल बैंककमा रहेका पूर्व राजाले अब भारतमा हुने निर्वाचनपछि नेपाल हिन्दूराष्ट्र बनेर राजसंस्था फर्कने बताएको केही संचारमाध्यमले दावी गरेका थिए । 

पूर्वराजाका प्रेस सल्लाहकार डा पाठकले भने, ‘समाचारको सत्यता स्थापित गर्ने जिम्मेवारी सम्बन्धित संचार माध्यमको हो ।’

पूर्वराजा बैंककको केही दिन बसाईपछि श्रीलंका जाने र त्यहाँबाट माल्दिभ्स पुगी भारतको मुम्बई आउने कार्यक्रम छ । पूर्वराजा सपरिवार बडादशैंको सप्तमीको बिहान काठमाडौं फर्कने कार्यक्रम रहेको पनि डा पाठकले बताए । 

यसपटक पूर्वराजाबाट बडादशैंको टिका लगाइदिनेसमेत कार्यक्रम बनेको छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ