arrow

एयरपोर्टबाट विमान चोर्न खोजेको आरोपमा २२ वर्षीय छात्र पक्राउ 

logo
प्रकाशित २०७५ असोज ५ शुक्रबार
plane11.jpg

काठमाडौं । अमेरिकाको ओरलाण्डो एयरपोर्टबाट विमान चोर्न खोजेको आरोपमा फ्लोरिडा इन्स्टिच्युट अफ टेक्नोलोजीका २२ वर्षीय छात्र पक्राउ परेका छन् । उनीसँग व्यावसायिक पाइलटको अनुमतिपत्र रहेको तर उनलाई उडाउने अनुमति भने नदिइएको बताइएको छ । जसको कारण उनले सो विमान उडाउन भने सकेनन् । 

प्रहरी अधिकारीले यो घटनासँग आतंकवादको कुनै पनि सम्बन्ध नरहेको बताए । अहिलेसम्म उक्त छात्रले विमान के कारणले चोरी गर्न लागेका हुन् भन्ने कुरा भने खुल्न सकेको छैन । 

प्रहरीले उक्त व्यक्तिको घरमा पनि छापा मारेको छ तर उनको घरबाट पनि कुनै हतियार वा शंकास्पद वस्तु नपाइएको बताएको छ । निशल नाम गरेका उक्त छात्रले गएको विहीबार एयरपोर्टको पर्खाल नाघेर विमान चोर्ने प्रयास गरेका थिए तर एयरपोर्टका अधिकारीहरुले उनलाई तत्कालै गिरफ्तार गरेका थिए । 

निशलको नाममा अन्य कुनै पनि आपराधिक काम गरेको रेकर्ड भने नभएको बताइएको छ । (एजेन्सी)



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ