arrow

६ लाख मूल्यको मरिच पक्राउ

logo
प्रकाशित २०७५ असोज ५ शुक्रबार
parsa-district1.png

वीरगञ्ज । नेपालबाट भारततर्फ अवैधरुपमा साइकलमा लगिएको ६ लाख मूल्य बराबरको एक हजार ४०० केजी मरिच पर्सा प्रहरीले शुक्रबार बरामद गरेको छ ।

कुल ५६ बोरा मरिच १४ वटा साइकलमा भारततर्फ लैजाँदै गर्दा बरामद गरिएको प्रहरी उपरीक्षक रेवती ढकालले बताए। तस्कर भने सुरक्षाकर्मीलाई देख्नासाथ साइकल र मरिच छाडी भागेका थिए ।

मरिच र साइकल आवश्यक कारबाहीका लागि वीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको बताइएको छ । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ