arrow

फ्रान्समा तातो हावाका कारण एक हजार ५ सयको मृत्यु

logo
प्रकाशित २०७५ असोज ५ शुक्रबार
Paris-France.jpg

पेरिस ।अति उच्च तापक्रम तथा तातो हावाका कारण फ्रान्समा अहिलेको गर्मी याममा मात्रै १५ सय भन्दा बढीको मृत्यु भएको छ ।  मृत्यु भएका मध्ये अधिकांश जेष्ठ नागरिक रहेको फ्रान्सका स्वास्थ्य मन्त्री अग्नेज बजिनले शुक्रबार जानकारी दिए ।
 
यद्यपि तातो हावाका कारण यसबर्ष मृत्यु हुनेहरुको संख्या यसअघि सन् २००३ मा मृत्यु हुनेहरुको भन्दा दश गुणा कम भएको समाचारमा जनाइएको छ ।
 
त्यतिबेला १५ हजारदेखि २० हजारको बीचमा मृत्यु भएको थियो । उनीहरुमध्ये अधिकांश वृद्धवृद्धा र एकल रहेका थिए ।  अहिलेको तथ्याङ्क अपेक्षाकृत नै भएको अधिकारीहरुको भनाई छ । फ्रान्समा औसत तापक्रम २३.२ डिग्री हुनेगरेको छ । सिन्ह्वा



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ