arrow

चितुवाको छालासहित तीन जना पक्राउ

logo
प्रकाशित २०७५ असोज ५ शुक्रबार
pakrau-new.jpeg

काठमाडौँ ।नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले अवैधरुपमा वन्यजन्तुको छाला (आखेटोपहार)सहित तीनलाई पक्राउ गरी शुक्रबार सार्वजनिक गरेको छ ।

पक्राउपर्नेमा सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी नगरपालिकाका शेलबहादुर तामाङ, धादिङ बेनीघाट रोराङ गाउँपालिकाका बुद्धिमान तामाङ र कास्की पोखरा लेखनाथ महानगरपालिका शालिकराम सुवेदी रहेको ब्यूरोका प्रहरी उपरीक्षक सानुराम भट्टराईले जानकारी दिए ।

उनीहरुलाई काठमाडौं महानगरपालिका बौद्ध सिद्धार्थमार्गबाट छाला सहित पक्राउ गरिएको हो ।  पक्राउ परेका तीनै जनाविरुद्ध राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ तथा साइटिस महासन्धि, १९७५ अनुसार मुद्दा चलाइनेछ । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ