arrow

सर्पको डसाइबाट बेवी कुमारी र मोहनी देवीको मृत्यु

logo
प्रकाशित २०७५ असोज ५ शुक्रबार
snake-bite2.jpg

सर्लाही । विषालु सर्पको डसाइबाट दुई जना भारतीय नागरिकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा भारत सीतामढी जिल्लास्थित बथुवाराका १३ वर्षीया बेवी कुमारी र रेहुवाका ४० वर्षीया मोहनी देवी रहेका छन । गोहमन सर्पको डसाइबाट गम्भीर घाइते भएका दुबै जनाको सर्लाही अस्पताल मलङ्गवामा उपचारका क्रममा मृत्यु भएको अस्पतालले जनाएको छ ।

धाँमीझाँक्री कहाँ लगेर झारफुक गराएकाले समयमै उपचार नपाएपछि उनीहरुको मृत्यु भएको अस्पताल अकास्मिक कक्षका प्रमुख नथुनी महतोले जानकारी दिए ।

सर्लाही अस्पतालमा अहिले दैनिक १० देखि १५ जनासम्म सर्पको डसाइका बिरामी आउने गरेको पनि उनले बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ