arrow

‘डाय’ नामक सामुन्द्रिक आँधीको प्रभाव घट्दै : नेपालमा एक सातामा सकिदै मनसुन

logo
प्रकाशित २०७५ असोज ६ शनिबार
mansoon.jpg

काठमाडौं । बंगालको खाडीबाट शुरु भएको ‘डाय’ नामक सामुन्द्रिक आँधीको प्रभाव नेपालमा पनि परेको छ। डायको प्रभावका कारण बिहीबारबाट नेपालमा मौसममा बदली भइ हल्कादेखि भारी वर्षा हुने र हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेको छ।

‘बिहीबार रातिदेखि डायको प्रभाव परेको र उत्तरपश्चिमतिर सर्ने क्रम जारी रहेको  मौसम पूर्वानुमान महाशाखाका मौसमविद् बिभुति पोखरेलले बताए ।

सो सामुन्द्रिक आँधि कमजोर हुदै गएपनि यसको प्रभाव अझै केही दिन जारी रहने उनले जानकारी दिए । यसको प्रभावले  पश्चिमी भेगमा बढी वर्षा हुन सक्छ भने हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेको छ ।

मौसमविद् पोखरेलले हिमपातको सम्भावना रहेपनि आत्तिहाल्नुपर्ने अवस्था नभएको बताए । डायको प्रभाव आइतबारदेखि निस्क्रिय हुँदै जाने छ । डायको प्रभावका कारण भारतका विभिन्न क्षेत्रमा भारी वर्षा र हावाहुरी आइरहेको छ।

यसैगरी, शनिबार पश्चिम तराईको कैलाली, कञ्चनपुरका ससाना खोलानालामा आकस्मिक बाढी आउने र आइतबार देशका अधिकांश नदीनालामा सामान्य बहाव बढ्ने सम्भावाना रहेको शाखाले पूर्वानुमान गरेको छ।

यसैबिच , सामान्यतया मनसुन सेप्टेम्बर २३ मा मनसुन सकिनुपर्ने भएपनि यसपाली यो आधिको प्रभावले अझै केही दिन लम्बिने भएको छ । यसको प्रभावले केही दिन बदली भई बर्षा हुने क्रम देशका धेरै भुभागमा जारी रहने भएकाले मनसुन पनि अझै एक साता लम्बिने देखिएको छ ।

सामान्यतया मनसुन सकिनै लाग्दा पानीपर्ने मात्रा कम हुदै जाने, हावा पश्चिमबाट पुर्व चल्न थाल्ने, सुर्यको किरण जमिनमा ठोक्किएर बाहिरीने अबस्था बढीहुनुपर्ने लयागतका गतिबिधी सक्रिय हुनुपर्ने मौसमबिद समिर श्रेष्ठले जानकारी दिए ।

मनसुनमा बंगालबाट सुरु भएको बायु पुर्वबाट पश्चिमतर्फ सर्ने गर्छ भने मनसुन सकिदा यो बायु परिबर्तन भई पश्चिमबाट पुर्व सर्ने मौसमबिद श्रेष्ठको भनाई छ ।

मनसुन सकिने मुख्य अबस्था भनेकै पश्चिमी बायु बलियो हुदै जानुपर्ने हो । अहिले दिउसोको हावा पश्चिमबाट पुर्वतर्फ चल्न सुरु गरेपनि बिहानमा यो सक्रिय हुन सकेको छैन । केही दिनमै यो सक्रिय हुदै जाने पनि श्रेष्ठको दाबी छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ