arrow

हत्या-हिंसा नियन्त्रण नगरेको भन्दै कञ्चनपुरमा कांग्रेसले उतार्‍यो कार्यकर्ता

logo
दीपेन्द्र बस्नेत,
प्रकाशित २०७५ असोज ६ शनिबार
kanchanpur-birodh1.jpg

पुनर्वास । नेपाल सरकारले हत्या हिंसा नियन्त्रणमा पहल नगरेको ,महंगाई र अव्यवहारिक कर वृद्धिको बिरोध गर्दै नेपाली कांग्रेसले कञ्चनपुरको पुनर्वासमा शुक्रवार बृहत् बिरोध प्रदर्शन गरेको छ ।

जनतालाई राहत नभई आहत हुने कृयाकलापमा सरकार लिप्त भएको भन्दै नेपाली कांग्रेसले कञ्चनपुरको दक्षिणी सिमान्त पुनर्वासमा बिरोध प्रदर्शन गरेको जनाएको छ । सरकारले दुई तिहाईको दम्भ देखाउदै जन बिरोधी निर्णय गर्दै राष्ट्र घाती बाटोमा अग्रसर भएको भन्दै नेपाली कांग्रेसले पुनर्वासमा सयौंको संख्यामा कार्यकर्ता सडकमा उतारेको थियो ।

पुनर्वास नगरपालिका स्तरीय पैरवी तथा खबरदारी समितिको आयोजनामा शुक्रबार आयोजित बिरोध प्रदर्शन तथा बिरोध सभामा बोल्दै  पुर्व साँसद तथा कांग्रेस नेता दिवानसिह बिष्टले भने- सुशासन , स्थिर सरकार र जनवादी नीति तथा कार्यक्रम ल्याएर जनताको अबस्था कायापलट गर्छौ भन्ने कम्युनिस्ट जनप्रतिनिधि र सरकारले जनतालाई सामाजिक असुरक्षा , महंगाई , चर्को दोहरो कर बाहेक केही दिन सकेन ।

नेता बिष्टले भने - हिजो निर्वाचन पुर्व भारत संगका असमान सन्धी खारेज गर्छौ भन्ने मित्रहरुलाई  अहिले अनताले दुई तिहाई बहुमत दिएर सत्तामा पुगाए तर असमान सन्धी खारेज गराउन दुई तिहाईको सरकारलाई के ले छेक्यो ? जनतालाई सास्ती पुग्ने निर्णय पारित गराउने काममा कम्युनिस्ट सरकारले किन प्रयोग गर्दैछ दुई तिहाई ।

उनले भने हिजो निर्वाचनका बेला र निर्वाचन पुर्व राष्ट्रवादका चर्का नारा घन्काउने कम्युनिस्ट मित्रहरु दुई तिहाइका साथ सत्तामा आसिन हुँदा भारतीय अतिक्रमण सच्याउन भारतलाई दवाव किन नदिई बसेका छन । कांग्रेसलाई भारतीय दलाल भन्दै बिरोध गर्नेहरु अहिले सत्तामा छन् तर सुस्ता , लिपुलेक र कालापानी लगायतका नेपाली भुभागको रक्षा गर्न किन मौन छन ? जनताले बुझ्न जरुरी भइ सक्यो दलाली कसले गर्दैछ भन्ने कुरा यहि बुझाउन र सरकारलाई निर्वाचनका बेला आफुले गरेका बाचा स्मरण गराउन नेपाली कांग्रेस सडकमा उत्रनुपरेको नेता बिष्टले भने ।

नेपाली कांग्रेस पुनर्वास नगर स्तरीय पैरवी तथा खबरदारी समितीका संयोजक तोयप्रसाद शर्माको सभापतित्वमा शुक्रबार आयोजित बिरोध सभामा बोल्दै कांग्रेस नेता हरेन्द्रसिह बिष्टले भने - निर्वाचन अघि र निर्वाचन ताका नेकपाका नेताहरुले उच्चारण गर्दै आएको राष्ट्रवाद अहिले खोक्रो बन्दै गएको छ ।

दुई दुई पटक भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल आउँदा देशको सीमा जोगाउने क्रममा भारतीय सुरक्षाकर्मीको गोलीद्वारा सहादत प्राप्त गरेका सहिद गोबिन्द गौतमको बिषयमा दुई तिहाइको सरकारले किन कुरा राखेन ? उनले भने अमेरिकी राष्ट्रपति र दक्षिण कोरियाका राष्ट्रपतीको भेटबार्तामा नेपाली सेनाले सुरक्षा दिने सुरक्षाको मामिलामा बिश्वमै अब्बल नेपाली सुरक्षा निकायलाई बेवास्ता गर्दै मोदीको सुरक्षामा भारतीय सेना नेपाल आउँदा नेपाली स्वाभिमानमा आँच पुगेको छ । उनले भने हिजो राष्ट्रवादका कुरा गर्नेहरु अहिले भारतका अगाडी घुँडा टेकेका छन् ।

नेपाली कांग्रेस क्षेत्र नम्बर १ का क्षेत्रीय सभापति गोपिप्रसाद उपाध्यायले भने कांग्रेसले दक्षिणी क्षेत्रको बेलौरीलाई सुखा बन्दरगाहका रुपमा बनाउन पहल गरि रहे पनि यहाँ बनाउन खोजिएको भन्सार नाका सत्तिमा पुगाईएको छ । उनले भने - हिजो विध्वंसात्मक क्रान्तिमा लागेका हरुलाई शान्ती प्रक्रियामा ल्याएर सिहदरबार प्रवेश गराउने काम कांग्रेसले गरेको हो । भारतका गल्ली गल्लीमा बसेका कम्युनिस्टलाई नेपाल ल्याएको कांग्रेसले जोगाएर राखेको पुनर्वासको जमिन राष्ट्रिय आवास कम्पनीलाई बेच्ने निर्णय गरेको छ ।

शुक्रवार पुनर्वासमा आयोजित नेपाली कांग्रेसको बिरोध सभामा काग्रेस नेता गोपालसिह  गुरुङ , बन्धु राना , पुष्कल चौधरी , भरतबहादुर बिष्ट , अमरजन साँउद , भुलिया राना ,मोहनराना लगायतका नेताहरुले सम्बोधन गरेको बिरोध सभामा यमप्रसाद पौडेलले स्वागत गरेका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ