arrow

हिंसा र बलात्कारबाट जोगाउन बालिका तथा किशोरीलाई मार्शल आर्ट सिकाईदै

logo
दीपेन्द्र बस्नेत,
प्रकाशित २०७५ असोज ६ शनिबार
marsal-art.jpg

धनगढी । पछिल्ला केही समय यता बढ्दै आएका महिला- किशोरी हिंसा र बलात्कारका घटनाबाट जोगिन आत्मरक्षाका लागि बिशेष गरि बालिका तथा किशोरीहरुलाई सक्षम बनाउन पश्चिम नेपालको धनगढीमा आत्मरक्षाको सीप सिकाउने तयारी थालिएको छ ।
 
मुलुकभर बढ्दै आएका हिंसा र बलात्कारका घटना नियन्त्रण गरि बालिका तथा किशोरीहरुलाई आत्मरक्षाका लागि करातेका रक्षात्मक विधि प्रशिक्षण गराउने तयारी बारे शनिबार धनगढीमा पत्रकार सम्मेलन गरि जानकारी गराइएको हो ।
 
राष्ट्रिय गोजुरियो कराते दो संघ नेपालले बालिका तथा किशोरीहरुको आत्मरक्षाका दाउपेज बारे प्रशिक्षण गराउन थालेको हो । असोज २० गते देखि २६ गते सम्म पश्चिम नेपालका १ हजार बालिका तथा किशोरी हरुलाई नारी अस्मितामाथी हमला गर्ने पुरुषको योजना बिफल पारी आत्मरक्षाको कराते विधिको प्रशिक्षण गराइने आयोजक संस्थाले जनाएको छ ।
 
राष्ट्रिय गोजुरियो कराँते दो संघ नेपालका महासचिव प्रकाश कुमार चन्दले पत्रकार सम्मेलनमा भने-महिला माथी हुने गरेका बलात्कार जन्य हिंसा बाट बालिका तथा किशोरीहरुलाई जोगाउने उद्देश्यले प्रशिक्षण सुरु गरिन लागेको हो ।

महिला बालबालिका र किशोरीहरुलाई आत्म रक्षाकालागी मार्शल आर्टको कला सिकाइने र यसबाट घट्ना न्यूनीकरण गर्न मद्दत पुग्ने महासचिव चन्दले बताए । प्रदेश नम्बर ७ को धनगढी बाट सुरु गरिएको प्रशिक्षण पुरै प्रदेश भरिकै बालिका तथा किशोरीहरुलाई प्रशिक्षित गराइने उनले पत्रकार सम्मेलनमा जानकारी गराए । पुरुष हरुको शरिरको अत्यन्तै कमजोर भागहरुको पहिचान गराई बालिका तथा किशोरीहरुलाई ती भागहरुमा प्रहार गरि सहजै आत्मरक्षाको कलाबारे प्रशिक्षण गराइने उनले बताए ।

असोज २०-२६ सम्म धनगढी स्थित क्षेत्रीय रंगशालामा गराइने प्रशिक्षण कार्यक्रम धनगढी उप महानगरपालिका , ओरेक नेपाल , कमैया प्रथा उन्मुलन समाज ,युवा शान्ति परिषद र कृयाशिल महिला पत्रकार हरुको समन्वयमा  सञ्चालन गरिने भएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ