arrow

काली खोलामा डुबेर उराऊको मृत्यु

logo
प्रकाशित २०७५ असोज ६ शनिबार
water-kill.jpg

भद्रपुर ।खोलामा डुबेर मेचीनगर–८ सालघारीका ३६ वर्षीय शिवु उराऊको मृत्यु भएको छ ।

घरदेखि आठ सय मिटरको दूरीमा रहेको काली खोलामा शनिबार बिहान उनको शव फेला परेको हो । दैनिक जसो मादक पदार्थ सेवन गरेर हिँड्ने उराऊको मापसेकै कारण खोलामा डुबेर मृत्यु भएको अनुमान प्रहरीको छ ।

उनको आजै मेची अञ्चल अस्पताल भद्रपुरमा शव परीक्षण गरिएको इलाका प्रहरी कार्यालय काँकडभिट्टाले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ