arrow

ओली सरकारको दशैं उपहार, यातायातमा १० प्रतिशत भाडा वृद्धि

दशैंको बुकिङ आइतबारदेखि

logo
प्रकाशित २०७५ असोज ६ शनिबार
kp-sharma-oli.jpg

काठमाडौं । केपी शर्मा ओली नेतृत्वको सरकारले दशैंको मुखमा सार्वजनिक यातायातको भाडावृद्धि गरेको छ । व्यवसायीको मुख टाल्न ओली सरकारले गरीव जनतालाई महंगी उपहार दिएको हो । 

व्यवसायीले अग्रिम टिकट बुकिङ नै रोकेका कारण सरकारले १० प्रतिशतले भाडावृद्धि गरेको हो । पेट्रोलियमको मूल्य बृद्धि भएपछि व्यवसायीले शनिबारबाट अग्रिम टिकट नखोल्ने निर्णय गरेपछि सरकार दबाबमा परेको थियो ।

भाडावृद्धि गर्ने भएपछि यातायात व्यावसयीले आइतबारदेखि नै दशैंको टिकट बुकिङ खुला गर्ने भएका छन् । भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयमा भएको वार्तामा भाडावृद्धि गर्ने सहमति भएको हो । 

मूल्यबृद्धिलाई आधार मानेर भाडादर बढाउने सहमति भएपछि आइतबारदेखि नै लागु गराउन यातायात व्यवस्था विभागलाई निर्देशन दिइएको छ । समय सापेक्ष भाडादर कायम गर्न दुई महिनाभित्र प्रतिवेदन दिने गरी समिति गठन गर्ने र २९ मंसिरसम्म भाडा समायोजन गर्ने पनि सहमति भएको छ ।

वार्तामा यातायात व्यवसायी संघ तथा समितिहरुको रोक्का रहेको बैंक खताबाट समितिको अनिवार्य दायित्वभित्र पर्ने खर्चहरु भुक्तानी गर्ने व्यवस्था मिलाउन गृह मन्त्रालयलाई समन्वयसहित यातायात मन्त्रालयले आग्रह गर्नेछ ।

सिन्डिकेट कायम गरेपछि सरकारले २४५ समितिको खाता रोकेको थियो । खाता खोल्ने सहमति यसअघि नै भइसकेको थियो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ