arrow

क्रान्तिकारी पत्रकार संगठनमा भाँडभैलो, विद्यार्थीलाई पत्रकारको संयोजक तोकेपछि कैलालीमा लफडा

logo
प्रकाशित २०७५ असोज ७ आइतबार
biplab-maobadi.jpeg

कैलाली । नेत्र बिक्रम चन्द ‘विप्लव’ नेतृत्वमा रहेको नेपाल कम्युनिष्ट पार्टी निकट क्रान्तिकारी पत्रकार संगठन नेपाल केन्द्रको बिबाद जिल्ला जिल्ला तहमा पुगेको छ । कैलाली जिल्ला अध्यक्ष बविता बस्नेतलाई उपेक्षा गरी अनेरास्ववियु क्रान्तिकारीका कैलाली जिल्ला सचिव सुवाश जोशीले उक्त पत्रकार संगठनको आफु जिल्ला संयोजक रहेको भन्दै धनगढीमा ‘मानवअधिकार, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता’ विषय एक दिने अन्तरक्रिया कार्यक्रमको लागि पत्राचार गरेपछि सो विवाद बाहिर आएको हो ।

शुक्रबारदेखि नै जिल्ला अध्यक्ष बबिताको टीमलाई डुम्रे गुटले कैलालीमा कार्यक्रमको आयोजना गर्न व्यापक दवाव दिएको थियो । तर संगठनको केन्द्रमा दुई तिहाई बढी नेताहरुले डुम्रे गुटलाई कारवाही गरेको अवस्थामा ७ जनाको पछि नलाग्ने भन्दै क्रान्तिकारी पत्रकार सङ्गठन कैलालीले कार्यक्रम नगर्ने प्रष्ट पारेको थियो ।

शनिबार बबिता नेतृत्वको टीमलाई उपेक्षा गरेर डुम्रे गुटले नेकपा निकट आखिल (क्रान्तिकारी)का कैलाली जिल्ला सचिव जोशीलाई संगठनको आधिकारिक लेटरप्याड बिनाकै खाली पेपरमा सूचना लेख्न लगाएर संयोजक तोकेपछि डुम्रे गुटले बिवाद थप छताछुल्ल पारेको हो ।

क्रान्तिकारी पत्रकार संगठनको गत बैशाख १५ र १६ गते काठमाडौंमा सम्पन्न महाधिबेशनमा विवाद उत्पन्न भएपछि डुम्रे नेतृत्वको ७ जनाको गुट वैधानिक संगठनलाई उपेक्षा गरी जिल्ला तहमा विद्यार्थी संगठन र पार्टीका कार्यकर्ताहरुलाई पत्रकारको नाम दिएर संगठनमा हस्तक्षेप गर्न खोजिरहेको छ ।

पार्टीका माथिल्लो थका नेताहरुलाई आफ्नै संगठनका सिनिएर र निवर्तमान नेतृत्वका बारेमा गलत रिपोर्ट पेश गर्दै सड्यन्त्रमुलक तरिकाबाट आफुले नेतृत्व हत्याउदै प्रकाश डुम्रे गुटले सङ्गठभित्र भांडभैलो गरेर आधिकारिक सङ्गठनलाई फुटाउदै लागेको सम्मेलनबाट निर्वाचित दुइ तिहाइ बहुमत केन्द्रीय समितिले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ