arrow

श्रीमान विदेशमा, श्रीमतीबाट परपुरुषको सम्पर्कमा शिशु जन्माएर हत्या 

logo
प्रकाशित २०७५ असोज ७ आइतबार
Killed.jpeg

बेत्रावती । आफ्नै नवजात शिशुको हत्या अभियोगमा नुवाकोट प्रहरीले सूर्यगढी गाउँपालिका–१ लच्याङकी सम्झना तामाङलाई पक्राउ गरेको छ । 

शनिबार शिशु जन्माएर हत्या गरेको अभियोगमा २२ वर्षीया तामाङलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक मुक्तिनाथ सापकोटाले जानकारी दिए ।

श्रीमान् वैदेशिक रोजगारमा गएको समयमा परपुरुषसँगको सम्पर्कबाट जन्मेको शिशुको शव रहेको स्थानको घटनास्थल मुचुल्का, उनीसँगको प्रारम्भिक अनुसन्धान, घरपरिवार र स्थानीयवासीले दिएको सूचनाको आधारमा ज्यान मुद्दा अभियोगमा कारबाहीको लागि शनिबार साँझ तामाङलाई नियन्त्रणमा लिएर अनुसन्धान शुरु गरेको प्रहरीले जनाएको छ । 

जिल्ला प्रहरी कार्यालयका प्रमुख वसन्त कुँवरका अनुसार घटनामा संलग्न रहेका परपुरुषको पनि पहिचान भइसकेकाले उनलाई पक्राउ गर्न प्रहरी परिचालन गरिएको छ । 

शिशुको शव परीक्षणको लागि जिल्ला अस्पताल त्रिशूलीमा ल्याइएको छ । पक्राउ परेकी महिलाको श्रीमान विजय तामाङ रोजगारीको सिलसिलामा २९ महिना साउदी बसेर एक महिनाअघिमात्र नेपाल फर्किएका थिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ