arrow

बलेरो जीप पल्टिदा एकको मृत्यु, एक घाइते 

logo
प्रकाशित २०७५ असोज ७ आइतबार
accident-final.jpeg

कावासोती । नवलपरासीको हुप्सेकोट–४ भैसीघाटमा शनिबार राति बलेरो जीप दुर्घटना हुँदा एकको मृत्यु भएको छ । एक घाइते भएका छन् । 

शंखदेवबाट कावासोती हात्तीखोरतर्फ जाँदै गरेको लु१ज २९२७ नं को बलेरो जीप आफँै अनियन्त्रित भई पल्टिदा बलेरो चालक नवलपरासी बौदीकाली–४ घर हुप्सेकोटका ३५ वर्षीय कृष्ण सुनारीको मृत्यु भएको हो । 

दुर्घटनामा परी घाइते हुनुभएका सुनारीको उपचारका क्रममा कालीगण्डकी अस्पताल कावासोतीमा मृत्यु भएको हो । 

दुर्घटनामा सहचालक मेखबहादुर मर्सानी घाइते भएका छन् । घाइते मेखबहादुरको भरतपुरमा उपचार भइरहेको छ । 

बलेरोमा यात्रु नरहेको जिल्ला प्रहरी कार्यालय ननवलपरासी पूर्वका प्रहरी नायब उपरीक्षक लीलाराज लामिछानेले बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ