arrow

शशांकले उद्घोष गरे – अबको कांग्रेस नेतृत्व कोइराला परिवारबाटै 

‘शेखर दा, म र सुजातामध्ये एकजना मिलेर आउँछौं’

logo
प्रदीप आचार्य,
प्रकाशित २०७५ असोज ७ आइतबार
sasanka.JPG

बुटवल । नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले अबको पार्टी सभापतिमा कोइराला परिवार नै आउने दाबी गरेका छन् । कार्यकर्ताको माया र चाहना अनुसारनै कोइराला परिवार सभापतिमा आउन लागेको खुलासा समेत गरेका छन् ।

रिपोर्टर्स क्लव ५ नम्बर प्रदेश कार्यालय बुटवलद्वारा आइतबार आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै महामन्त्री कोइरालाले भने— ‘शेखर दा, म र सुजाता मध्ये सभापतिमा एकजना सहमतिमै आउछौं ।’

देशभरका कांग्रेस नेता कार्यकर्ताको माया र चाहना कांग्रेस नेतृत्वमा कोइराला परिवार नै आओस् भन्ने रहेको आफुले देश दौडाहामा पाएको समेत सुनाए ।

कोइरालाले अब हुने महासमितिमा बैठकमा नया बिधान पारित गरिने समेत बताए । । कम्तिमा आउदो ३० बर्षका लागि बिधान बनाउने उनले प्रष्ट पारे ।

४ बर्षपछिको चुनाबमा कांग्रेस पहिलो श्रेणीमा पुग्ने उनको बिश्वासा छ । ‘कांग्रेस बिबादमा अल्झने अबस्था छैन, अब नयाँ रणनीति बनाएर अघि बढ्नुपर्छ ’ उनले भने ।

बर्तमान सरकार संघीयताको मर्म बिपरित चलिरहेको उनले आरोप लगाएका छन् ।  ‘सरकारले कुनै योजना तर्जुमा गर्न सकेको छैन, केन्द्रिकृत शासन चलाइरहेको छ, संघीयताको मर्म बुझेको छैन ।’ उनले भने ।

कांग्रेसका २ चुनौती रहेको भन्दै डा कोइरालाले अहिलेको सरकारमा दुई तिहाइको दम्भ छ भने अर्काेतिर कांग्रेसभित्रैकै संगठन  गुट उपगुटमा ध्यान जानु जरुरी रहेको उनको भनाइ छ । 

कांग्रेसकै कारण अहिले नेपालमा २३ बिश्वबिद्यालय, २० मेडिकल कलेज छ, ८४ हजार किलोमिटर सडक बनेको बताए ।

सरकारले प्रेस जगतलाई हमला गरेको भन्दै उनले प्रेस आफै स्वतन्त्र हुनुपर्ने र हस्तक्षेप बिरुद्ध खबरदारी गर्न पत्रकारलाई आग्रह समेत गरे ।

‘२०१५ सालमा बिपीले प्रेस स्वतन्त्रताको थालनी गर्नुभएको हो । पत्रकारलाई ४०० रुपैंयाँ दिएर बिपीले आफ्नो विरुद्ध लेख्न आग्रह गर्नुभएको थियो ।’ उनले भने ।

‘सभापतिको अधिकार पनि बिकेन्द्रीकरण गर्नुपर्ने मेरो धारणा छ, तल्लो तहलाई पनि बलियो बनाउनुपर्छ, गाउँ र प्रदेशमा अधिकार दिनुपर्छ ।’

कांग्रेस अधिबेशन समयमै अधिबेशन हुनुपर्ने कोइरालाको धारणा छ ।

सदनमा कम किन बोल्नुहुन्छ भन्ने प्रश्नमा उनले भने —‘इस्यु बेश राजनीति गर्नपर्छ, धेरै सम्हालिएर बोल्नुपर्ने भएकाले हो’ उनको जवाफ छ । 

यो बेला दलहरुका केन्द्रिय नेताहरु संघीयता स्थापित गर्नका लागि लाग्नुपर्ने बताउँदै देश बिदेश घुम्ने बेला नभएको उनले बताए । 

‘सरकारले कर बढाउने, मुल्य बृद्धि गर्ने मात्रै गरेको छ, एमालेलाई जिताएर गल्ती गर्यौं भन्ने धेरै जनता भेटें ,‘मलाइ थाहा छैन, सरकारको योजना भए मलाइ भन्नुस्’, उनले भने ।
कांग्रेसले जितेका ठाउँमा कर बढेको छैन, भएपनि फिर्ता गर्नूस् उनले निर्देशन दिए ।

क्लवका प्रदेश प्रमुख रामकुमार क्षेत्रीको अध्यक्षता र कपिल ज्ञवालीको संचालनमा भएको कार्यक्रममा नेपाल प्रेस युनियन रुपन्देहीको नवनिर्बाचित कार्यसमिति ,केन्द्रिय पार्षद, प्रदेश पार्षदहरुलाई सम्मान गरिएको थियो ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ