arrow

बहुमतको दम्भमा प्रेसमाथि अंकुश 

logo
रामचन्द्र रायमाझी
प्रकाशित २०७५ असोज ७ आइतबार

पाल्पा । प्रदेश  ५ का सांसद तथा नेपाली काँग्रेसका जिल्ला सभापति वीरबहादुर रानाले बहुमतको दम्भमा सरकारले प्रेसमाथि अंकुश लगाएको बताएका छन् । उनले प्रेस स्वतन्त्रता  माथि नै  सरकारले अंकुश लगाएर प्रेसको धज्जी उडाएको बताएका हुन् । 

शनिबार नेपाल प्रेस युनियन पाल्पाको आठौं अधिवेशनलाई सम्बोधन गर्दै  प्रदेश सांसद रानाले यस्तो बताएका हुन् । उनले पत्रकारहरुलाई  समाज र मुलुकको समृद्धिका पक्षमा कलम चलाउन पर्ने बताए । सांसद रानाले पछिल्लो समय समाज र देशमा विकृति मौलाउँदै गएकाले स्वतन्त्र र निष्पक्ष ढंगले कलम चलाउनु वर्तमान आवश्यकता रहेकोमा जोड दिए  । 

उनले दलिय र सामाजिक सद्भाव हराउँदै गएकाले त्यसको सस्थागत गर्न  पत्रकारले सत्यतथ्य रुपमा कलम चलाउनु पर्नेमा बताए  ।  प्रमुख अतिथि  समेत रहेका रानाले प्रतिपक्ष कमजोर भएमा सरकार अधिनायकवाद तर्फ लाग्ने भएको हुँदा प्रतिपक्षको भुमिकामा रहेर पत्रकारले कलम चलाउन पत्रकारहरुलाई आग्रह गरे । 

कार्यक्रममा नेपाल प्रेस युनियनका केन्द्रीय प्रतिनिधि निराजन खतिवडाले सरकारले प्रेसको अधिकारलाई कुण्ठित गर्ने किसिमले ऐनले ल्याएकाले त्यसको विरुद्वमा नेपाल  प्रेस युनियनले आवाज उठाउनुपर्ने बताए । 

कार्यक्रममा जिल्ला समन्वय समितिकी उपप्रमुख मीरा मरासिनी, नेपाली कांग्रेस जिल्ला सचिव अजयमान कर्माचार्य, राष्ट्रिय प्रजातन्त्र पार्टिका केन्द्रीय सदस्य डुल बहादुर कुँवर,  राष्ट्रिय जनमोर्चा पाल्पाका अध्यक्ष विशाल दर्लामी, बगनासकाली गाउँपालिकाका अध्यक्ष कृष्ण प्रसाद बस्याल, तानसेन नगरपालिकाका उपमेयर लक्ष्मी देवी पाठक, नेपाली कांग्रेसका महासमिति सदस्य हिमालदत्त श्रेष्ठ, युनियनका संस्थापक सभापति झपेन्द्र गहिरे, वरिष्ठ पत्रकार मेघराज शर्मा, नेपाल पत्रकार महासंघ जिल्ला अध्यक्ष राजेश कुमार अर्याल, साहित्यकार एवं पुर्व पत्रकार वनमाली निराकार, पाल्पा उद्योग वाणिज्य संघका अध्यक्ष मोहनप्रसाद श्रेष्ठ  लगायतले पत्रकारिताको आत्मालाई जिवित गराउन आफ्ना राजनैतिक आस्था भन्दा माथी उठेर कलम चलाउन पत्रकारलाई आग्रह गरे ।

 प्रेस युनियन पाल्पाको सभापतिमा पुन शर्मा

नेपाल प्रेस युनियनको जिल्ला सभापतिमा पुन भरत शर्मा चयन भएका छन् । शनिबार तानसेनमा भएको युनियनको आठौं अधिवेशनले  भरत शर्माको अध्यक्षतामा १४ सदस्यी कार्यसमिति चयन गरेको हो । युनियनको उपाध्यक्षमा पुस्करराज रेग्मी, मन गहिरे, सचिवमा रामचन्द्र रायमाझी, सहसचिवमा सरस्वती दंगाल, कोषाध्यक्षमा विष्णु खनाल चयन भएका छन् ।

त्यस्तै गरी सदस्यहरुमा इमानसिं राना, शर्मिला थापा, विष्णुप्रसाद पाण्डे, सुमन कार्की, भविश्वर पौडेल, सरिता रेग्मी, दान बहादुर हिस्की, जीवन तिवारी रहेका छन् ।   त्यस्तै युनियनको प्रदेश पार्षदमा मुक्तिप्रसाद न्यौपाने, दिपक पोखरेल, चिन्तामणी पाण्डे, रामचन्द्र ढुंगना, गजेन्द्र पन्थी,  सिमा भट्राई, किशोर भट्राई, सुमन गैरे, दुर्गा ढेंगा, भोजराज तिमिल्सेना, र अनु खनाल रहेका छन् । त्यस्तै युनियनको केन्द्रीय पार्षद्मा झपेन्द्र गैरे, जगदीश भट्राई , कविराज नेपाल, प्रकाश नेपाल, दुर्गेश मल्ल, प्रकाश खनाल, शुसिला रेग्मी, सीता डोटेल र सीता पाण्डे रहेका छन् ।    

कार्यक्रममा पत्रकारिता क्षेत्रमा योगदान दिएका ९ जना पत्रकारहरुलाई  समेत सम्मान  गरिएको छ । युनियनले भूषणध्वज राजलवटले स्वर्गीय पिताको स्मृतिमा स्थापना गरेको भगवती ध्वज राजलवत स्मृति पुस्कारबाट सीता डोटेल, सुशिला रेग्मी र मन गहिरेलाई सम्मान गरेको छ । त्यस्तै समाजसेवी चकोरमान शाक्यले आफ्ना पिता पूर्णमान शाक्यको स्मृतिमा स्थापना गरेको पूर्णमान शाक्य स्मृति पुरस्कारबाट झपेन्द्र गहिरे समाजसेवी गंगाराम नेपालले स्वर्गीय पिता तिलकराम नेपालको सम्झनामा स्थापना गरेको तिलकराम नेपाल स्मृति पत्रकारिता पुरस्कारबाट जगदीश भट्टराई, महिला नेतृ मीना पन्थीको सहयोगमा स्थापित राजेन्द्र पन्थी स्मृति पत्रकारिता पुरस्कारबाट माधव अर्याल, युवा समाजसेवी उदय घिमिरेले आफ्ना दाजु स्वर्गीय लक्ष्मण घिमिरेको स्मृतिमा स्थापित लक्ष्मण घिमिरे स्मृतिपुरस्कारबाट मुक्ति प्रसाद न्यौपाने, समाजसेवी तथा व्यापारी रामप्रसाद श्रेष्ठले स्वर्गीय पिता मान बहादुर श्रेष्ठको स्मृतिमा स्थापित पुरस्कारबाट अनिल लिगल र उद्योगी तथा निर्माण व्यवसायी सुरेशमान कर्माचार्यले स्थापना गरेको विकास पत्रकारिता पुरस्कारबाट प्रकाश नेपाल सम्मानित भएका छन् ।  

त्यस्तै युनियनले साहित्य एवं पुर्व पत्रकार वनमाली निराकारलाई  समेत पत्रकारिता क्षेत्रमा पु¥याएको योगदान स्वरुप सम्मान गरेको छ ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ