arrow

६५ प्रतिशत बढी अम्लीयपना देखिएपछि

logo
प्रकाशित २०७५ असोज ७ आइतबार

सल्यान । परिक्षणको नतीजा अनुसार माटोमा ६५ प्रतिशत भन्दा बढी अम्लीयपना देखिएपछि कपुरकोट गाउँपालिकाले किसानलाइ कृषि चुन वितरण गरेको छ । विशेष गरी तरकारी खेती भएको खेतबारीमा अम्लीयपन बढी देखिएको गाउँपालकाले जानकारि दिएको छ । 

पछिल्लो समय माटोको उर्वराशक्ति घट्दै गएकाले माटो उपचारका लागि ७५ प्रतिशत अनुदानमा कृषि चुन वितरण गरिएको गाउँपालिकाका अध्यक्ष भिम बहादुर सेनले जानकारी गराएका छन् । कृषि चुन खरिद गरि किसानको २५ प्रतिशत लागत सहभागीतामा ५ सय ४५ क्विन्टल कृषि चुन कृषि शाखा मार्फत वितरण भएको हो । अझै किसानले चुनको माग गरिरहेको कृषि शाकाका प्रमुख पदम तिमिल्सीनाले जनाए ।

पछिल्लो समय गाउँपालिकाले किसानको खेतबारिको माटोको अवस्था पत्ता लगाउन माटो परिक्षण शिविर सञ्चालन गर्दै आएको छ । र यसक्रममा माटो विग्रदै गएको पाइएको छ । कृषि चुनको प्रयोगले बिग्रिएको र उत्पादन घट्ने गरेको माटोमा सुधार आएर उत्पादन बढ्छ भनेर किसानलाई सम्झाएपछि झापाका किसानले कृषि चुनको प्रयोग गर्न थालेकोे तिमिल्सीनाको भनाइ छ । माटोको अवस्था हेरेर एक रोपनि जमिनमा ३५ देखि ५० किलोको दरले कृषि चुन प्रयोग गर्नुपर्ने उनले जनाए ।

रासायनीक मल तथा विषादीको प्रयोग, बालि चक्र नअपनाउने जस्ता कारणले माटोमा अम्लीयपना बढ्न गइ उर्वराशक्तिमा ह्रास आउने कृषि शाखाले जनाएको छ । माटोमा अम्लको मात्रा बढ्दै जानु चिन्ताको विषय भएको जनाउँदै कपुरकोट गाउँपालिकाले यसको मात्रा घटाउन किसान पनि जागरुक बन्नुपर्ने बताएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ