arrow

गृहमन्त्री बादल र आईजीपी सर्वेन्द्रलाई प्रश्न : न्याय दिन नसक्नेले किन कुर्सिमा बस्नु ?

'निर्मला हत्यामा संलग्नका प्रमाण नष्ट गर्न प्रहरीनै सक्रिय'

logo
प्रकाशित २०७५ असोज ७ आइतबार
badal-sarbendra.jpg

काठमाडौं । मानव अधिकार तथा शान्ति प्रतिष्ठानका केन्द्रीय अध्यक्ष मानबहादुर थापाले प्रहरी प्रशासन दोषीलाई उन्मुक्ति दिनतर्फ सक्रिय भएर लागेको आरोप लगाएका छन् ।
 
दुई महिना पहिले बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी निर्मला पन्तको घट्नालाई स्मरण गराउँदै हत्यामा संलग्नका प्रमाण नष्ट गर्न प्रहरीनै सक्रिय भएर लाग्ने गरेको गम्भिर आरोप लगाएका छन् ।

नेपालको प्रहरी प्रशासन पछिल्लो समय निकै कमजोर र अपराधीलाई उन्मुक्ति दिन लागिपरेको उनको गुनासो छ । उनले भने,‘देशैभरि यस्ता अपराधिक घट्नाहरु घटिरहेका छन्, प्रायः घट्नाहरुको प्रमाण नष्ट गर्न प्रहरीको संलग्नता देखिनु सामान्य मान्न सकिन्न ।

 गृहमन्त्री रामबहादुर थापा बादल, प्रहरी प्रमुख सर्वेन्द्र खनाललाई म भन्न चाहन्छु पीडितको लागि न्याय दिन सकिन्न भने किन कुर्सिमा बस्ने ? पीडितलाई झन् पीडा दिने प्रहरी कर्मचारीहरुलाई किन कारबाही नगर्ने ?’



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ