arrow

बिटाका बिटा भारतीय रुपैयाँसहित जैशी पक्राउ

logo
देवानन्द न्यौपाने,
प्रकाशित २०७५ असोज ७ आइतबार
jaisii-pakrau.jpg

कैलाली । कैलालीमा अबैध रुपमा नेपाल भित्र्याउन लागिएको ठुलो परिमाणमा भारतीय रुपैयाँसहित एक जना पक्राउ परेका छन् ।

 सशस्त्र प्रहरीले कैलालीको भजनी नगरपालिका वडा नम्वर ३ कुसुम घाटबाट ७१ लाख ७९ हजार ३ सय भारतीय रुपैँया ल्याउदै गर्दा लम्की चुहा नगरपालिका १ का ३१ वर्षिय कृष्णराज जैशी ( कठायत )लाई पक्राउ गरेको हो ।

भारतको तिकुनिया बजार  बाट से ४ प ६७६० नम्बरको मोटरसाईकलमा आलुको बारो भित्र लुकाई ल्याउदै गर्दा सिमा क्षेत्रमा चेकजाचको क्रममा जोशीलाई पक्राउ गरीएको सशस्त्र प्रहरी वल कैलाली ३४ नम्बर गणका प्रमुख सशस्त्र प्रहरी नायव उपरिक्षण विष्णु भट्टले जानकारी दिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ