arrow

अग्रिम टिकट बुकिङ अन्योलमै, निधो गर्न महासंघको बैठक डाकियो 

logo
प्रकाशित २०७५ असोज ७ आइतबार
ticket11.jpg

काठमाडौं । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको छातामुनि रहेका सबै यातायात समितिले आइतबारदेखि खोल्ने भनेको अग्रिम टिकट बुकिङ् महासंघको बैठकपछि मात्रै खुल्ने भएको छ । यातायात व्यवस्था विभागका प्रवक्ता गोकर्ण प्रसाद उपाध्यायका अनुसार  महासंघले शनिबार गरेको सहमति अनुसार आइतबारबाट अग्रिम टिकट बुकिङ खुल्नु पर्ने हो । 
तर, महासंघले सोमबार केन्द्रीय कार्यसम्पादन सचिवालयको बैठकपछि मात्रै आधिकारिक धारणा सार्वजनिक गर्ने भनेको छ । महासंघले यसका लागि सोमबार दिउँसो साढे १२ बजे बैठक बोलाएको छ । बैठकमो मूल एजेण्डा नै अग्रिम टिकट बुकिङ हुने महासंघका महासचिव सरोज सिटौलाले हाम्राकुरालाई जानकारी दिए । 

उनले भने, ‘हामी सरकारको जस्तो कुरा नटुंगिदै हचुवा तालमा निर्णय सुनाउने काम गर्दैनौँ । छलफल हुन्छ र यसबारे आधिकारिक धारणा आउछँ । निर्णय सुन्न केही घण्टा कुर्नु पर्ने हुन्छ ।’ यद्यपि, प्रालिमा दर्ता भएकाहरुले ५ गतेदेखि अग्रिम टिकट बुकिङ गर्न थालिसकेका छन् । टिकट बुक गरेपनि प्रालिमा दर्ता भएकाहरुसँग गाडी न्यूनमात्रामा छन् ।  

समितिमा रहेका यातायात व्यवसायीले पेट्रोलियम पदार्थको मूल्यवृद्धिपछि दशैंको अग्रिम टिकट बुकिङ गर्न मानेनन् । सरकारले व्यवसायीलाई मनाउन भन्दै १० प्रतिशत भाडा बढाएको छ । तर, त्यसलाई व्यसायीले समर्थन गरेका छैनन् । आलोचना पनि गरेका छैनन् । 

इन्धनको मूल्यबृद्धि भएपछि व्यवसायीले ५ गतेबाट खुला गर्ने भनिएको अग्रिम टिकट बुकिङ रोकेका थिए । भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयमा भएको वार्तामा हालै भएको इन्धनको मूल्यबृद्धिलाई मुख्य आधार मानेर भाडादर १० प्रतिशत बढाउने सहमति भएको बताइएको छ । सहमतिअनुसार विभागले नयाँ भाडादर कायम गर्न लगाएको छ । 

व्यवसायीसँग समय सापेक्ष भाडादर कायम गर्न दुई महिनाभित्र प्रतिवेदन दिने गरी समिति गठन गर्ने र मंसिर २९ सम्म भाडा समायोजन गर्ने सहमति  भएको विभागको दावी छ । विभागले यातायात व्यवसायी संघ तथा समितिहरुको रोक्का रहेको बैंक खताबाट समितिको अनिवार्य दायित्वभित्र पर्ने खर्चहरु भुक्तानी गर्ने व्यवस्था मिलाउन गृह मन्त्रालयलाई भनिसकेको छ । सिण्डिकेट अन्त्य गर्ने भन्दै सरकारले यातायात समिति खारेजीको घोषणा गरिदियो । योसँगै सरकारले २४५ समितिको बैंक खाता रोक्का गरेको थियो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ