arrow

ओली सरकारलाई चस्मा उपहार

logo
प्रकाशित २०७५ असोज ७ आइतबार
chasma.JPG

खोटाङ । कञ्चनपुरकी १३ वर्षीय बालिका निर्मला पन्तको बलात्कारपछि हत्या गर्ने दोषी पत्ता लगाउन र कानूनी कारबाही गर्न माग गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीलाई चस्मा उपहार पठाएको छ ।

निर्मलाको बलात्कारपछि हत्या भएको लामो समय बित्दा समेत सकारले दोषी पत्ता लगाएर कारबाही गर्न नसकेको भन्दै महिला संघ खोटाङले आईतबार सत्य–तथ्य पत्ता लगाएर न्याय सम्पादनको माग गर्दै प्रधानमन्त्रीलाई एक थान चस्मा पठाएको हो ।
 
निर्मलाको बलात्कारपछि हत्या भएको दुई महिना बित्दा समेत सरकारले दोषी पत्ता लगाउन नसकेको भन्दै असोज १ गते दिक्तेलमा बिरोध र्‍याली प्रदर्शन गरेको महिला संघले प्रमुख जिल्ला अधिकारी सुरेन्द्रराज पौडेलमार्फत प्रधानमन्त्रीलाई ज्ञापन–पत्रका साथमा चस्मा पठाएको छ ।

निर्मलाको हत्या र बलात्कारको घटनाका विषयमा सत्य–तथ्य पत्ता लगाएर कानुनी कारबाही गर्नेक्रममा सरकारको ‘दृष्टिभ्रम नहोस्’ भन्ने अपेक्षासहित प्रधानमन्त्रीलाई ज्ञापनपत्रका साथमा चस्मा उपहार पठाइएको नेपाल महिला संघ खोटाङकी अध्यक्ष रामकुमारी राईले बताईन् ।

घट्ना घटेको ५९ दिन बित्दा समेत अपराधीलाई पक्राउ गरी कानूनी कठ्घरामा उभ्याउनुको सट्टा सरकारले अपराधीलाई जोगाउन जालसाजी गरेको महिला संघले जनाएको छ । घटनाको सत्य–तथ्य पत्ता लगाएर कारबाही गर्नुको सट्टा प्रधानमन्त्रीले घट्नाको संबेदलशीलता नबुझी जघन्य अपराधलाई उखान टुक्का र मजाकमा उडाएर महिला अस्मितामाथि अपमान हुँदा देशको शिर झुकेको संघकी अध्यक्ष राईको भनाई छ ।

पन्तको बलत्कार पछि गरिएको नृशंस पुर्ण हत्याको देशैभरी स्वतःस्फुर्त रुपमा विरोध भईरहेको छ । तर दुई तिहाई सहितको वर्तमान नालायक सरकार घटनाको सत्य तथ्य पत्ता लगाई कार्वाहि गर्नुको सट्टा प्रधानमन्त्री केपी ओलीले घटनाको संवेदनशीलता नवुझी उखान टुक्का र जधन्य अपराधलाई मजाकमा उडाएर पीडितका बुबा–आमा,नाता–नाला, समाज र हामी महिला माथी धावा वोल्न उद्यत रहेको ज्ञापन पत्रमा उल्लेख छ ।
 

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ