arrow

महिला संघद्वारा प्रधानमन्त्रीलाई ज्ञापन पत्र

logo
प्रकाशित २०७५ असोज ७ आइतबार
kapilbastu-mahila.jpg

कपिलवस्तु । नेपाल महिला संघ कपिलवस्तुले जिल्ला प्रशासन कार्यालय मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएको छ । देशमा बलत्कारका घटना बढ्नु, बलत्कारी पक्ता नलगाउनु र हिंसा र हत्या दिनहुं भएकोले शान्ति सुरक्षा र महिलाहरुलाई हिंसा र असुरक्षाको भावना बुद्धि हुदै गएको भन्दै ज्ञापन पत्र बुझाएको हो ।

 त्यस्तै पेटेलियम पर्दाथको मुल्य पटक पटक बढाउनु र दैनिक उपभोग्य वस्तुमा महंगी गराई गरिव जनताको सरकारले समस्या पारेको प्रति  ज्ञापन पत्रमा उल्लेख गरिएको छ । उल्लेखित घटनाहरुको छनविन गर्न तथा मुल्य बृद्धि फिर्ता गर्न माग गरिएको छ ।
 
बलत्कारीलाई तत्काल खोजी गरि कारबाही गर्नुको साथै महिलाहरुलाई सुरक्षा साथै मुल्य बृद्धि तत्काल फिर्ता नलिए महिला संघ आन्दोलनमा उर्तने ज्ञापन पत्रमा उल्लेख गरिएको छ । नेपाल महिला संघ कपिलवस्तुकी सभापति मिना केसीद्वारा हस्ताक्षरित ज्ञापन पत्रमा उत्त कुरा उल्लेख गरिएको छ ।

प्रमुख जिल्ला अधिकारी अर्जुन प्रसाद पोखरेललाई प्रदेश सभा सदस्य रिना नेपाल,  महिला संघ सभापति मिना केसी केन्द्रिय सदस्य इन्द्रिरा भट्राई , महिला नेतृ दिना सुवेदी लगायत दजनौ महिलाहरुले उक्त ज्ञापन पत्र बुझाएका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ