arrow

बर्षाले धान भिजेर स्वाहा

logo
ईश्वर दत्त बडू,
प्रकाशित २०७५ असोज ७ आइतबार
paddey-2.jpg

कञ्चनपुर । शनिबार रातीदेखि परेको अविरल बर्षाका कारण खेतमा काटेका धान भिजेर स्वाहा भएको छ । असोजको पहिलो साता काटेको धान खेतबाट उठाउन नपाउँदै बर्षातले भिजेर स्वाहा भएको हो ।

काटेको धान खेतमै भिजेर नष्ट भएपछि किसान मारमा परेका छन् । बेलडाँडी गाउँपालिका–१ झर्नाखोलाका किसान गोपाल सिह कुँवरले तीन दिनअघि खेतका काटेको १० कट्टाको धान भिजेर नष्ट भएको बताए । ‘धान पाकिसकेको थियो, ‘उनले भने, ‘काटेको तेस्रो दिनपानी पर्‍यो, पुरै धान पानीमा उत्रेको छ ।’ सुकाउनै समस्या हुने उनको दुखेसो छ ।
 
लालझाडी गाउँपालिका–३ शंकरपुरका किसान बहाली रानाले एक विगाह जमिनको धान भिजेको बताए । दुई दिन अघि मात्रै काटेको धान राती पानी गरेपछि बिहान पुरै नष्ट भएको बताए । ‘खेतभरी पानी छ, ‘उनले भने, ‘जस्तो धानरोप्नका लागि खेतभरी पानी हुन्थ्यो, काटेपछि पनि खेतभरी पानीले धान उत्रेको छ ।’ खेतीपातीबाटै घरको जोहो गर्दै आएको राना धान भिजेपछि चिन्तित भएका छन् । ‘धानै बेचेर घरको खर्च चलाउँथ्यौँ, ‘उनले भने, ‘अब यस बर्ष हामीलाई समस्या हुनेभयो ।’ भीमदत्त नगरपालिका–१५ निम्बुखेडाका कृषक पदम राज जोशीले ५ कट्टा जमिनमा काटेको धान भिजेको बताए ।

उनीहरुको जस्तै कञ्चनपुरको महाकाली, भीमदत्त, बेदकोट, शुक्लाफाँटा, कृष्णपुर, पुर्नवास, बेलौरी, बेलडाँडी क्षेत्रका स्थानीय कृषकको धान भिजेको छ । स्थानीय तहसंगै सरकारी संरचना फेरबदेल र जिम्मेबारी हेरफेर भएका कारण कञ्चनपुरको कति हेक्टर क्षेत्रफलमा काटेको धान भिजेरको बारे एकिन तथ्याङ्क बाहिर आउन सकेको छैन् । कृषि ज्ञान केन्द्र कैलाली कञ्चनपुरका प्रमुख गोकुल बोहराले यस अघि जिल्ला कृषि कार्यालय मार्फत गाउँ गाउँमा रहेका सेवा केन्द्र मार्फत तथ्याङ्क आउने गरेको बताए । अहिले सरकारी संरचना जिम्मेबारी समेत परिर्वतन भएका कारण समस्या भएको बताए ।

उनका अनुसार यस बर्ष कञ्चनपुरमा ५० हजार हेक्टर क्षेत्रफलमा धान खेती गरिएको छ । नियमित रुपमा बर्षा भएपछि राम्रो धान फलेको थियो, कतै किरा त अहिले बर्षातका कारण धानखेती नष्ट हुनथालेपछि उत्पादनमा कमि आउने कृषि क्षेत्रका अधिकारीको भनाई छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ