निर्मलाको हत्यारालाई सरकारले लुकाएको महिला संघ ओखलढुंगाको आरोप
जीवन शर्मा,
प्रकाशित २०७५ असोज ७ आइतबार
409
Shares
ओखलढुंगा। बलात्कारपछि निर्मम हत्या गरिएकी कञ्चनपुरकी १३ वर्षीया निर्मला पन्तको हत्यारालाई सरकारले प्रश्रय दिएको नेपाल महिला संघ ओखलढुंगाले आरोप लगाएको छ। महिला संघ ओखलढुंगाले आज पन्तको न्यायको माग गर्दै ओखलढुंगा सदरमुकाममा प्रदर्शन गरेको हो। महिला संघ ओखलढुंगाको अगुवाइमा महिला अधिकारकर्मीहरुले प्रदर्शन गरेका थिए।
निर्मलाको हत्यारालाई कारबाहि गर, महिला हिंसा अन्त्य गर, महंगी र भ्रस्टचार अन्त्य गर लगायतका नारा लेखिएको प्ले कार्डसहित महिला अधिकारकर्मीहरुले प्रदर्शन गरेका छन्। देशमा बढ्दै गएका बलात्कारको घटना तथा पटक पटक बृद्धि गरिएको पेट्रोलियम पदार्थका मुल्य प्रति सरकारको ध्यानाकर्षण गराएका छन्।
विरोध प्रदर्शन पश्चात जिल्ला प्रशासन कार्यालय ओखलढुंगा मार्फत प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय सिंहदरबारमा ज्ञापन पत्र बुझाइएको नेपाल महिला संघ जिल्ला कार्यसमिति ओखलढुंगाकी अध्यक्ष हेमालक्ष्मी राईले बताइन्।
राईका अनुसार ज्ञापन पत्रमा निर्मलाको हत्यारालाई पहिचान गरि कडा कानुनी कारबाहिको माग सहित मुल्य बृद्धि र बड्दो बलात्कारको घटना लगायतका चार वटा बुँदाहरु माथि सरकारको ध्यानाकर्ष गराइएको छ। दुई महिना सम्म पनि निर्मलाका हत्यारा पत्ता लाग्न नसक्नुले वर्तमान सरकारले नै अपराधिलाइ संरक्षण गरेको होकी भन्ने अवस्था आएको जिल्लाका महिला अधिकारकर्मीले बताएका छन्।
प्रधानमन्त्री र गृहमन्त्रीले बाहिर एउटा कुरा बोल्ने र भित्र अर्कै काम गर्दै अपराधिलाइ प्रश्रय दिन खोजेका कारण पछिल्लो समयमा देशभरीनै श्रृङखलाबद्धरुपमा बलत्कार, अपहरणर हत्याका घटनाहरु बढीरहेको महिला अधिकारकर्मीले आरोप लगाएका छन्। नेपाल सरकारले दोसीलाइ तत्काल पक्राउ गरी कारवाही नगरेर देशभर आन्दोलन चर्काउने नेपाल महिला संघकी नेतृ मैयाराइले बताइन्।