arrow

समस्यामा ट्रम्प : सर्वोच्च अदालतको उच्च न्यायाधीशमा छानिएका व्यक्तिमाथि अर्को आरोप 

logo
प्रकाशित २०७५ असोज ८ सोमबार
us_judge.jpg

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सर्वोच्च अदालतको न्यायधीशका लागि छानेका ब्रेट काभानौघमाथि अर्को आरोप लगेको छ । उनीमाथि दोस्री महिलाले पुनः यौन दुर्व्यवहारको आरोप लगाएकी हुन् ।

न्ययाधीशकी क्याम्पस पढ्दाको साथी डेबोराह रामिराजले उनलाई यौन दुर्व्यवहारको आरोप लगाएकी हुन् । यद्यपि न्यायधीशले भने यो आरोप अस्वीकार गरेका छन् । गत साता प्रोफेसर क्रिस्टिाइन बालासे फोर्डले सन् १९८२ मा आफूलाई काभानौघले यौन दुर्व्यवहार गरेको आरोप लगाएकी थिइन् । 

रामिरेजले १९८३–८४ को शैक्षिक वर्षमा आफूमाथि उनले एक पार्टीमा यौन दुर्व्यवहार गरेको आरोप लगाएकी हुन् । यस विषयमा न्यायाधीशका साथीहरुले पनि उनको राम्रो स्वभाव नभएकोबताएको सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन् । यद्यपि उनले भने आजभन्दा ३५ वर्षअघि अहिले लगाइएको आरोपको जस्तो अवस्था नरहेको भन्दै आफ्नो बचाउ गरेका छन् । 

अमेरिकाको सर्वोच्च अदालतको न्यायाधीशमा ट्रम्पले गरेको मनोनयन पारित हुने अवस्थामा रहेकोमा काभानौघमाथि यस किसिमको आरोपहरु लागेको हो । (एजेन्सी)



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ