arrow

संघीयताबारे ओली सरकारको स्पष्ट धारणा नहुँदा प्रदेश सरकार कमजोर : गगन थापा

logo
प्रकाशित २०७५ असोज ८ सोमबार
gagan-dai.jpg

पाल्पा । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्व स्वास्थ्य मन्त्री गगन थापाले संघीयता वारे वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीको स्पष्ट धारणा नभएको हुदा प्रदेश सरकार झन् कमजोर बन्दै गएको बताएका छन् ।

 नेपाल प्रेस युनियन पाल्पा शाखाले सोमवार राखेको अन्तरक्रियामा वोल्दै नेता थापाले क्षमताको हिसावले जनताको अपेक्षा अनुरुप काम गर्न नसक्दा ५ बर्षको अनुकुलको समय खेर जादा प्रश्न सरकारमाथी नभई पद्धतीमाथी नै उठ्ने बताए ।

उनले लामो समयपछि बलियो सरकार बनेपनि सरकार सुशासनको पक्षमा चुकेको र मुलुकलाई समृद्धि तर्फ उन्मुख गराउन असफल भएको उल्लेख गरे।
 
 सरकारको स्थीरताको कारण कही कतै संविधानको स्थायीत्वमा अप्ठ्यारो नल्याओस भन्दै थापाले यो अवस्थामा प्रतिपक्षको भुमिका अझ सशक्त बनाउनुपर्नेमा जोड दिए ।

थापाले कांग्रेस महासमिति वैठकपछि पार्टिको नया संरचनामा जाने बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ