arrow

‘अमेरिकी संरक्षणवादले विश्व आर्थिक प्रणालीलाई अवमुल्यन गर्‍यो’

logo
प्रकाशित २०७५ असोज ८ सोमबार
America-US-China.jpeg

बेइजिङ, चीन । अमेरिकी सरकारले व्यापार संरक्षणको कठोर उपाय गरेको र यसले विश्वको आर्थिक प्रणालीलाई नै अवमुल्यन गरेको चिनियाँ विदेश परिषद्को सूचना कार्यालयले सोमबार जारी स्वेतपत्रमा बताइएको छ ।

चीन–अमेरिका व्यापार तनावबारे तथ्य र चीनको अवस्था नामक स्वेतपत्रमा भनिएको छ, “अमेरिकी सरकारले लिएको संरक्षणवादी व्यापार नीतिले चीन–अमेरिका व्यापार तथा आर्थिक सम्बन्धलाई विगारेको छ । यसले विश्वको व्यापार सम्बन्ध, विश्व श्रम बजारलाई विभाजित गरेको र बजारका अपेक्षालाई गडबड बनाएको छ ।”

यसले अन्तराष्ट्रिय दैनिक उपयोग तथा वित्तीय बजारलाईसमेत प्रभावित बनाएको चिनियाँ उक्त कार्यालयको ठहर छ । यि विविध कारणले गर्दा विश्व अर्थतन्त्रलाई उकास्ने बिषयमा अनिश्चिचता र खतरा बढाएको छ ।

चीनले अमेरिकी संरक्षणवादी कदमलाई नियन्त्रण गर्न कुनै पनि मुलुकसँग प्रतिरक्षात्मक उपाय सोच्नुको विकल्प नभएको पनि चिनियाँ भनाई रहेको छ । तर यसले विश्वको आर्थिक तथा व्यापारिक अवस्थालाई अवरुद्ध गर्ने र अन्ततः विश्व अर्थतन्त्र सुधारका कामलाई सही दिशामा ल्याउन कठिनाई हुने उक्त अध्ययन रिपोर्टले जनाएको छ । सिन्ह्वा



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ