arrow

भारत र पाकिस्तानबीच वार्ता स्थगित भएको भोलिपल्ट काश्मिरमा छ जनाको मृत्यु

logo
प्रकाशित २०७५ असोज ८ सोमबार
indo-pak.jpg

श्रीनगर, भारत। भारत र पाकिस्तानबीचको दुई पक्षीय उच्चस्तरीय वार्ता स्थगित भएको भोलिपल्ट भारतको काश्मिरमा छ जना मारिएका छन्। मारिने मध्ये एक जना सुरक्षाकर्मी र अरु पाँच जना लडाकू रहेको समाचारमा जनाइएको छ।

दुई पक्षबीचको भिडन्तमा परी उनीहरु मारिएको सैन्य अधिकारीहरुले सोमबार जानकारी दिएका छन्। भारतीय सेनाका कर्णेल राजेश कालीले भारत र पाकिस्तानको सिमाना पार गर्न खोज्ने दुई जना शंकास्पद व्यक्तिहरु आइतबार मारिएको बताए।

त्यस बाहेक अन्य तीन शंकास्पद लडाकूहरु र अर्का एक जना सुरक्षाकर्मी सोमबार मारिएको उनको भनाई छ। घटना भएको ठाउँ उत्तरी ताङधार क्षेत्र हो। एएफपी



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ