arrow

उत्तर कोरियासंग अमेरिकाको दोस्रो वार्ता

logo
प्रकाशित २०७५ असोज ९ मंगलबार
trumpmoon.jpg

काठमाडौं । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियाका नेता किम जोङ उनसँगको दोस्रो शिखर वार्ता छिट्टै हुने विश्वास व्यक्त गरेका छन् । 

संयुक्त राष्ट्रसङ्घको महासभाका क्रममा दक्षिण कोरियाका राष्ट्रपति मुन जेइ इनसंगको छलफलका क्रममा ट्रम्पले उत्तर कोरियाली नेता उनसंग चाँडै वार्ता हुने बताएका हुन् । 

ट्रम्पले उनसंगको वार्ता टाढा नभएकोसमेत बताएका छन् । दुई देशबीच धेरै विषयमा छलफल भएको र सहमतिको आधार बनेको बताए । 

यसअघि ट्रम्प र किमबीचको पहिलो शिखर सम्मेलन गत जुनमा सिङ्गापुरमा भएको थियो । 

ट्रम्पले सम्बन्ध निकै राम्रो बनेको र कुनै हदसम्म अति नै भएको पनि विश्वास गरे । 

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ