arrow

महिलामाथि चक्कु प्रहार, अवस्था गम्भीर

logo
प्रकाशित २०७५ असोज ९ मंगलबार
knife1.jpg

नवलपरासी । नवलपरासीको कावासोती नगरपालिका–१६ हर्वासीका ३० वर्षीया बसन्ती परियार चक्कु प्रहारबाट गम्भीर घाइते हुनुभएको छ । 

जिल्ला प्रहरी कार्यालयका अनुसार उनलाई सोही ठाउँ बस्ने ३७ वर्षीय बिमल सिर्पालीले सोमबार राति चक्कु प्रहार गरेका हुन् । 

चक्कु प्रहारबाट उनको छाती र अनुहारमा चोट लागेको छ । घाइते परियारको जिल्ला अस्पताल भरतपुरमा उपचार भइरहेको छ । चक्कु प्रहार गर्ने सिर्पालीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ