arrow

सोमालियामा मारिए अल–सबाबका ३५ आतंकवादी 

logo
प्रकाशित २०७५ असोज ९ मंगलबार
somiliya.png

काठमाडौं । सोमालियाको प्रहरीसँगको मुठभेडमा अल शबाबका ३५  आतंकवादीको ज्यान गएको छ । सोमालियाको सुरक्षाबललाई अफ्रिकी संघ (एयू)ले समर्थन गर्दै आएको छ । 

स्थानीय गभर्नर अब्दी अहमदीले सोमबार आतंकवादीहरुसँगको भीडन्तको क्रममा एक सैनिक जवानको पनि ज्यान गएको बताएका छन् । साथै अन्य दुई सैनिकहरु घाइते भएका छन् । उनले ३५ आतंकवादीको यो भीडन्तको क्रममा मारिएको र केही घाइते भएको बताइएको छ । यद्यपि अहिलेसम्म अल शबाबले भने कुनै प्रतिक्रिया दिएको छैन । 

शुक्रबारदेखि नै आतंकवादीहरुको गतिविधिमा नजर राखिएको बताइएको छ । अमेरिकाले अहिलेसम्म २० हवाई आक्रमण अलकायदाको अल शबाबमाथि गरेको छ । अफ्रिकी मुलुकहरुमा यो संगठन निकै खतरानक मानिँदै आएको छ । 

अल शबाबको विरुद्धमा अमेरिकी सैन्य कारबाहीको संख्यामा पनि व्यापक वृद्धि भएको छ । अमेरिकामा राष्ट्रपति डोनाल्ड ट्रम्प आएपछि पछिल्लो एक वर्षमा एक दर्जनभन्दा बढी हवाई आक्रमण गरिएको छ । (एजेन्सी)



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ