बुहारीलाई आपत्तिजनक शब्द प्रयोग गर्ने पूर्व डिएसपी पक्राउ
प्रकाशित २०७५ असोज ९ मंगलबार
147
Shares
काठमाडौं । सामाजिक सञ्जाल फेसबुकको प्रयोग आजकल सदूपयोग भन्दा दुरुपयोगका लागि बढी सक्रिय हुन थालेको छ । दुरुपयोग गर्दा धेरै कानुनी फन्दामा समेत पर्न थालेका छन् ।
त्यस्तै भएको छ एक पूर्व रक्षकलाई पनि । म्यासेन्जरमार्फत बुहारीलाई आपत्तिजनक अपशब्द प्रयोग गरेको अभियोगमा नेपाल प्रहरीका पूर्व डिएसपी कृष्णकुमार खड्का पक्राउ परेका छन् ।
महानगरीय प्रहरी अपराध महाशाखामा परेको उजुरीको आधारमा उनलाई पक्राउ गरी स्वाथ्य उपचारका लागि वीर अस्पतालमा भर्ना गरिएको छ।
बुहारी समुना खड्काले आफ्नै जेठाजु कृष्णकुमार खड्काबाट आपत्तिजनक शब्द प्रयोग गरेको स्क्रीन सर्टसहित उजुरी दिएपछि उनलाई पक्राउ गरिएको महाशाखाले जनाएको छ। समुना पूर्व डिएसपी कृष्णराज खड्काका आफ्नै भाई दीलिपकुमार खड्काकी श्रीमती हु ।
बैबाहिक जीवनको २५ बर्षपछि नेपालगन्जबाट बुहारी समुनालाई बोक्सीको आरोप लगाएर घरबाट कुटपीट गरी निकालेपछि हाल बानेश्वरमा एक छोरा र एक छोरीका साथ बस्दै आएकी छिन्।
२३ बर्षीया छोरी र २६ बर्षीय छोराका साथमा रहेकी उनलाई जेठाजु खड्काले समाजिक सञ्जालमा धेरैपटक अपशब्द प्रयोग गरेको भएपनि पछिल्लो दिनमा सहनै नसक्ने र पढ्दा पनि लाज हुने शब्द प्रयोग गरेपछि उनी प्रहरीको शरणमा पुगेकी थिइन् ।
प्रहरीले पूर्व डिएसपी खड्कालाई साइबर अपराध ऐन अन्तर्गत पक्राउ गरिएको जनाएको छ ।