arrow

जता जता कुमारीको रथ उतै उतै देवी नाच 

logo
प्रकाशित २०७५ असोज ९ मंगलबार
kumari.JPG

काठमाडौं । इन्द्रजात्राका अवसरमा गरिने कुमारी रथयात्रा अन्र्तगत कुमारी भैरब र गणेशको रथलाई  माथिल्लो टोलमा  परिक्रमा गराइँदैछ ।

मंगलबार कुमारी, भैरव र गणेशको रथ यात्रा गर्ने क्रममा काठमाडौंको माथिल्लो टोलमा  परिक्रमा गराउन लागिएको हो । 
माथिल्लो टोलमा रथ यात्रा गरिने भएकोले यसलाई थःने याः भनिन्छ । कुमारी घरबाट सुरु हुने रथ यात्रा प्याफल, नरदेवी, टेंगाल, बांगेमुढा, असन, इन्द्रचोक हुँदै वसन्तपुर पुगेर रथ यात्रा सम्पन्न हुन्छ ।

कुमारी रथ यात्राको क्रममा सोमबार प्रमुख दिन जीवित देवी कुमारीका साथै जीवित देवहरू गणेश र भैरवलाई तल्लो टोलमा रथयात्रा  ‘क्वनेः  याः’ गराइयो । कुमारी घरबाट रथ यात्रा सुरु भई मरु, अट्को नारायण, जैसीदेवल, मजिपात, लगन, ह्युमत, कोहिटी, भिमसेनस्थान हुँदै फेरी कुमारी घर ल्याई रथयात्रा सम्पन्न भएको थियो ।

रथ यात्रासँगै मजिपाः लाखे, किलागलको पुलुंकिसि, सवः भक्कु लगायत विभिन्न नाच पनि वसन्तपुर क्षेत्रमा देखाइएको थियो । सोमबारबाट सुरु भएको रथ यात्रा का क्रममा मृतकको  सम्झनामा कुमारी रथयात्राको बाटो हुदै ‘बौमत’ र ‘दागीं’ ले नगर परिक्रमा गराइएको थियो । 

अन्तिम दिन असोज १२ गते शुक्रवार भने नानिचा: या : भन्दै  बीचको टोलमा रथयात्रा गरिन्छ ।  कुमारी घर बाट नरदेवी, भेडासीं, किलागल, इन्द्रचोक, मखन हुँदै फेरि वसन्तपुर पुगेर रथ यात्रा समापन हुन्छ ।

अन्तिम दिनमै  भक्तपुरको नालाबाट ल्याइ हनुमानढोकामा ठड्याइएको यसी अर्थात लिंगो ढालिन्छ र टेकु दोभानमा लगेर विसर्जन गरेसँगै इन्द्रजात्रा विधिवत रुपमा सकिन्छ । वर्षा र सहकालका देवता इन्द्रजात्राको पूजा गरी एक सातासम्म इन्द्रजात्रा मनाइन्छ । इन्द्रजात्राको अन्तिम दिन असोज १२ गते  कुमारी रथयात्रा संगै देबी नाच पनि समापन हुन्छ  । 

कुमारीको जता उतै देवी नाच 
हरेक इन्द्रजात्राका बेला कुमारीको रथलाई काठमाडौंको चारवटा डबली भएको ठाउँबाटै तानेर नगर परिक्रमा गराइन्छ । पहिलो दिन कुमारीको रथ काठमाडौंको तल्लो भाग जैसीदेवलतिर तानिन्छ ।

त्यो दिन जैसीदेवल कै न्हूघः डबलीमा दिप्याखँ अर्थात देवी नाच देखाइन्छ । दोस्रो दिन काठमाडौंको माथिल्लो भाग अर्थात् बांगेमुढा, असन र इनद्रचोकतिर तानिन्छ । त्यो दिन बांगेमुढा र इन्द्रचोकको डबलीमा नाच देखाइन्छ । तेस्रो दिन माथिल्लो भागकै किलाघलतिर रथ तानिन्छ भने त्यो दिन किलाघः डबली मै नाच देखाइन्छ । कुमारीको रथ तानेर ल्याउँदा डबलीका अगाडि रथलाई एक छिन रोकेर जीवित देवी कुमारीलाई उक्त नाच नजर गराउने चलन छ ।

इन्द्रजात्राको सुरुवाट हुदैछ भन्ने सुचकका रुपमा यो नाच देखाउने प्रचलन छ । तीजको भोलिपल्ट भाद्र शुक्ल चतुर्थीदेखि ननिको डबलीमा सुरु भएको यो नाच इन्द्रजात्राको अन्तिम दिन १२ गतेसम्म देखाइन्छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ