arrow

दबाबमा परेपछि चीनले रोक्यो सैन्य अभ्यास

logo
प्रकाशित २०७५ असोज ९ मंगलबार
china-milittaly2.jpg

काठमाडौं । अमेरिका र चीनको बीचमा व्यापारयुद्धको विषयमा लगाताररुपमा दूरी बढिरहेको छ । यस्तोमा दुवैले एक अर्काको मुलुकबाट आउने सामग्रीहरुमा करवृद्धिको निर्णय गरेका छन् । यस्तोमा चीनले अमेरिकासँग हुने सैन्य अभ्यास पनि रोक्ने निर्णय गरेको छ । 

चीनको विदेश मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै अमेरिकासँगको सैन्य अभ्यास रद्द गरिएको बताएको हो । विज्ञप्तिमा चीनले आफ्नो नेभीलाई अमेरिका भ्रमणबाट फिर्ता बोलाएको उल्लेख गरेको छ । त्यसका साथै अमेरिकी वरिष्ठ सैन्य अधिकारीहरुसँगको वार्ता पनि स्थागित गरिएको छ । 

विज्ञप्तिमा सेनालाई कुनै पनि विवरण सार्वजनिक नगरी आगामी कदमको लागि अधिकार दिइएको बताइएको छ । सैन्य मन्त्रालयका प्रवक्ताले रुससँग फाइटर विमान तथा मिसाइल खरिद गर्ने सम्झौता सामान्य रहेको बताए । दुई सार्वभौमिक मुलुकहरुको बीचमा हुने यस किसिमको सम्झौतामा आपत्ति प्रकट गर्नुपर्ने कुनै कारण नरहेको उनको भनाइ छ । 

यो सम्झौतालाई प्रभावित गर्ने अधिकार अमेरिकालाई नरहेको उनले बताए । अमेरिकाले केही समयअघि मात्र रुससँगको सम्झौताको विषयलाई लिएर चीनको सेनामाथि प्रतिबन्ध लगाउने निर्णय गरेको थियो । (एजेन्सी)



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ